नेकपाका युवा नेता काङमाङको फरक दशैं
– राजु बिक्रम चाम्लिङ
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा युवा नेता अजम्बर काङमाङको दशैं अन्य नेता तथा कार्यकर्ताको भन्दा फरक रहेको छ । विशेष गरी हिन्दु धर्मावलम्वीहरुको महान चाड दशैं भएता पनि नेपाल सरकारले दशैंको विदा धेरै दिने भएको हुनाले अन्य समूदायहरुमा पनि दशैंको समयमा केही न केही अन्य नयाँ योजना तयार गरेर आ–आफ्नो कार्य गर्दछन् । देश–परदेशबाट मात्र होइन घर छोडेर अन्यत्र गएका सबै नेपालीहरु दशैं पर्व मनाउन घर फर्कन्छ ।
यति मात्र होइन राजनीतिक नेर्तत्व र कार्यकर्ताहरु समेत अन्य समयमा राजनीति र समाजसेवामा समय खर्च गरेता पनि दशैं चाडपर्वको समयमा घर र परिवारमा समय दिन्छन् । वा गाउँघरतिर फर्कन्छ । तर यस मानेमा नेकपाका युवा नेता काङमाङ भने आफ्नो परिवारका साथ आफ्नो परिवार, छिमेकी नाता, ससुराली होइन, नेपालको पर्यटकिय स्थल घान्द्रुक गाउँ, अन्नपुर्ण र धौलागिरी हिमालको अवलोकन भ्रमणमा दशैंको समय खर्चिएका छन् ।
विद्धानहरुका अनुसार सयौं पटक पढेर कुनै ठाउँ विशेषको जानकारी लिनु भन्दा एकपटक अवलोकन भ्रमण गर्दा त्यो भ्रमणबाट बढी ज्ञान आर्जन गर्न सकिन्छ । सोही मुताविक प्रदेश एकको युवा नेता तथा भावी प्रदेश एकका मुख्य मन्त्रिका दावेदार नेता काङमाङ यसपटकको दशैंमा पर्यटकिय स्थल घान्द्रुक र त्यहाँका गुरुङ आदिवासीहरुको साँस्कृतिक परम्पराको अवलोकन भ्रमण गर्दै पर्यटकिय नगरी धान्द्रक र आसपासका पर्यटकिय स्थलहरुको अवलोकन भ्रमण गरिरहेका छन् । पर्यटनको हिसाबले नेपालको उत्कृष्ट गाउँ मानिने घान्द्रुक अन्नपुर्ण, माछापुछ्र«े र हिमचुली जस्ता हिमालहरुको दृष्यले पर्यटकहरुको मन लोभ्याउँछन् । तर हिमालले मात्र होइन घान्द्रुकमा रहेका गुरुङ आदिवासी समूदायहरुको साँस्कृतिक भेषभुषा, परम्परा, रितीरिवाज, चालचलन र व्यवहारले अझ बढी पर्यटकहरुलाई भ्रमणको औचित्य पुर्ण पार्दछ ।
प्रदेश एकको भोजपुर जिल्लाको काङमाङ राजनीतिक नेतृत्व मात्र नभएर सामाजिक हिसाबमा र समाज विकासको हिसाबले दुरदर्षी युवा नेता भएका नेता मानिन्छ । यसकारण दशैं भ्रमणको अवलोकनसँगै प्रदेश एकमा रहेको हिमश्रृंखला, सगरमाथा, टेम्के, मैयुङ, साल्पा पोखरी लगायतको स्थलहरुमा पर्यटकिय विकासको योजना ल्याउने निश्चित छ । यसाकारण यो भ्रमणले काङमाङलाई मात्र नभएर प्रदेश एकको सबै जनता र नेपालको सवल विकासको लागी प्रत्यक्ष फाइदा पुग्नेछ । आसा गरौं युवा नेताको भ्रमणसँगै उहाँले गर्नु भएको भ्रमण र प्राप्त भएको अनुभव प्रदेश एकका युवाहरुमा आदान प्रदान हुनेछ । यसले समग्र पर्यटकिय क्षेत्रमा विकास गर्नको लागी एक ईंटाको थप काम गर्नेछ ।