Logo

भर्सटायल युवा कलाकारको अर्को भिडियो दिन पनि उस्तै सार्वजनिक


 

– मान्सुङ चाम्लिङ

सानै उमेरमा कला क्षेत्रको संगीतकार, गीतकार, गायककार, नायक सबै विद्यामा एकै पटकसँगगँसै लिएर कला क्षेत्रमा अगाडी बढीरहेका दिपेश राई हाल फेरी अर्को दिनपनि उस्तै म्युजिक भिडियो लिएर आएका छन् । सबै विद्यामा एकै पटक सबैलाई समेटेर अगाडी बढ्नु चानचुने कुरा रहेन । तर पनि हालसम्मको समयमा युवा कलाकार दिपेशले सबै विद्यालाई समेटेर अगाडी बढीरहेका छन् । सहपाठीहरु ब्रिटिश लाहुरे देखी युरोपियन मुलुकहरुमा रम्नलाई हौसिय पनि कलाकार दिपेश आफ्नै देशमा ख्याति प्राप्त कलाकारको रुपमा स्थापित भएर नेपाली संगीतलाई ईंटा थप्ने काम गर्दै सबैलाई संगीतले नै सेवा गर्ने आफ्नो लक्ष्य रहेको बताउँछन् । नेपालको बेरोजगारी समस्या, युवाहरुको विदेश पलायन, राज्यले कलाकारहरुलाई वेवास्ता गरिरहेको समयमा पनि कलाकार दिपेश कला क्षेत्रलाई नै आफ्नो अन्तिम गन्तव्य रहेको बताउँछन् । राज्यले कलाकारिता पेसा अंगालेका कलाकारहरुलाई सम्मान नगरेको देख्दा केही दुःख लागे पनि नेपाल देश विकासको प्रक्रियामा रहेको हुनाले राज्यको विकास क्रमसँगै कलाकारिता पेसालाई पनि सम्मान गर्नेमा आफु ढुक्क रहेको बताउँछन् ।

कलाकारहरुलाई राज्यले के गर्नु पर्छ भन्ने प्रश्न गर्दा राई भन्नु हुन्छ, कलाकार हुन, यो क्षेत्रमा लगान गर्न, समय खर्च गर्न सबै आफुले नै लगानी गर्नुपछ । तर कलाकारीता पेसामा कतै रोजगारीको अवसर छैन । केही कलाकारहरु राज्यको संयन्त्रमा जान सफल भएता पनि सबै कलाकारहरुलाई यो संभव पनि छैन । यसकारण राज्यले कम्तिमा आफुले लगानी गरेर नयाँ संगित सृजना गरेर आम् जनता, श्रोताहरुको मन जित्न सफल भएको हुनाले कम्तिमा राज्यले कलाकारहरुलाई छुटै परिचयपत्र बनाइदियोस । जुन परिचयपत्रले राज्यको हरेक क्षेत्रमा केही रुपमा भने पनि छुट दियोस । त्यस्तो परिचयपत्रले कलाकारहरुलाई जुनसुकै प्रशासन, कार्यालयहरुमा प्रवेश गर्नमा रोक नलगाओस वा विदेशको कार्यक्रमहरुमा जानको लागी सजिलो व्यवस्थापन गरोस । युवा कलाकार दिपेश राईले संम्हाली रहेको कलाकारिताको सबै क्षेत्रलाई उत्तिकै प्रशंसा गर्न योग्य मानिन्छ । समयले यसलाई निरन्तरता दिन सफल भइरहोस । साथै नेपालीहरुको सबै पर्वहरुको खुशी उमंगसँगै नयाँ भिडियो लगायत सृजना गरिएको सबै विद्याले उत्तिकै दर्शक, श्रोताहरुको मन जित्न सकुन शुभकामना छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्