Logo

“पूर्वीय दर्शनको एक झलक” “दर्शन”


भाई किराती

शब्द सँस्कृतको “दृश्” बाट “दृश्य” हुँदै दर्शन बनेको हो । जसको अर्थ देख्नु, बुझ्नु वा ज्ञान हुनु अर्थात मुल सत्ताको ज्ञान हो । पूर्वीय दर्शनमा भारतीय दर्शन र चिनियाँ दर्शन पर्दछन । पूर्वीय दर्शनको रचना ई.पू. ७०० देखि आरम्भ भएको पाइन्छ ।

१. भारतीय दर्शन :-

भारतीय दर्शनको दुइवटा चरणहरु छन । जसमा (क) वैदिक काल र (ख) शास्त्रीय काल  रहेको छ ।

(क) वैदिक काल :-

(क) वैदिक कालको पनि दुई खण्डहरु छन । (अ) श्रुति  (आ) स्मृति रहेको छ ।

अ) श्रुतिखण्ड :-

श्रुति अन्तरगत वेदहरु पर्दछन जसमा ऋगवेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरि चारवटा वेदहरु पर्दछन । वेदको पनि उपवेदहरु छन ।

१) ऋगवेदको उपवेद – आयुर्वेद

२) यजुर्वेदको उपवेद – धनुर्वेद

३) सामवेदको उपवेद – गन्धर्ववेद

४) अथर्ववेदको उपवेद – अर्थवेद

प्राचीन कालमा आफ्नो वरिपरि रहेको प्रकृति र समाजमा भएका विभिन्न घटनाहरुलाई आफ्नो अनुभवको आधारमा मीमांसा गर्नको निम्ति वेदको रचना गरियो । जुन समयमा वेदले संसारको ब्याख्या गर्छ भन्ने वा वेदमा सबै कुराहरु छन भन्ने मान्यता थियो ।

१. वेदका अंगहरु निम्न छन ।     क) शिक्षा :- नाशिका/नाकको भूमिका     ख) व्याकरण :- अभिव्यक्ति     ग) निरुक्त :- सुन्ने काम/कानको भूमिका     घ) ज्योतिष :- देख्ने क्षमता     ङ) कल्प :- लिपीवद्ध/लेखन शिल्प     च) छन्द :- गति ।

२. वेदमा चार खण्ड हुन्छन् ।    (क) मन्त्र, (ख) ब्राह्मण, (ग) आरण्यक,    (घ) उपनिषद् (क) मन्त्र :- मन्त्रको अर्थ संहिता हो । जसमा छन्द, देवता र ऋषि गरि तीनवटा विषयहरु हुन्छन् । (अ) छ्न्द:- गायत्री, त्रीस्टुप, अनुष्टुप र जगाती गरि चार प्रकारका हुन्छन् । ऋग्वेद – गायत्री, यजुर्वेद – त्रिष्टुप, साम्वेद – अनुष्टुप र अथर्ववेद – जगाती छन्दमा लेखिएको छ । वेदको कार्य :- ऋग्वेदको – ज्ञान, यजुर्वेदको – कर्म, साम्वेदको – उपासना र अथर्ववेदको – मोक्ष हो ।

आ) स्मृति खण्ड :-

स्मृति :-  प्राचीन कालमा जब वेदहरु निर्माण गरियो । त्यो बेला संसारमा ठुलो उपलब्धि मान्नु स्वभाविक थियो । त्यो वेद यति मूल्यवान थियो कि जो कोहीले पढ्न, सुन्न पाउदैन थे । वेद पढ्नको लागि ऋषिमुनीहरु र विशेष ब्राह्मणलाई मात्र अधिकार हुन्थ्यो । अन्य समुदायका मान्छे त टाढैको कुरा ब्राह्मण, क्षेत्री समुदायको खास खास बाहेक महिला लगायत ठूलो हिस्साले समेत त्यो वेद पढ्नु त के वेद पढेको सुन्नु सम्म पाइन्न थ्यो । मध्य युगको आगमन पछि ऋषिमुनीहरुकै समुहबाट फरक धाराको बिकास भयो । र वेद सबैले पढ्नु, सुन्नु पाउनु पर्छ भनी आवाज उठाए । त्यस बेला एक तहको बिद्रोह नै थियो । तर सफल भने भएनन् । तथापि वेदमा संलग्न सम्पूर्ण  विषय वस्तुहरुलाई समेटी वेदको स्मृति स्वरूप इच्छुक जत्तिले पढ्न सुन्न मिल्ने खालको ग्रन्थ लेखिए !

जसलाई स्मृति ग्रन्थ भनियो,

१. मनुस्मृति ग्रन्थ

२. याज्ञवल्क्य स्मृति ग्रन्थ

३. पराशर स्मृति ग्रन्थ गरि तीनवटा स्मृति ग्रन्थहरु छन ।

स्मृतिमा दुईखण्ड हुन्छन :- १. पुराण र २. इतिहास

१. पुराण :- १८ किसिमका हुन्छन् । जसमा श्रीमद भागवत पुराण, देवी भागवत पुराण, र विष्णु पुराणको उपपुराण गरुड पुराणलाई मुल मानिन्छ । २. इतिहास :- १.रामायण र २. माहाभारत ग्रन्थ । १. रामायण :- यस ग्रन्थमा ८ काण्डहरु छन २. माहाभारत :- यस ग्रन्थमा १८ पर्वहरु छन । यसको महत्त्वपूर्ण पर्व भीष्म पर्वको १८ वटा अध्याय मिलाएर श्रीमदभागवत गीता निर्माण गरिएको हो । श्रीमद्भागवत गीताको मुल विषय :- ज्ञान मार्ग, कर्म मार्ग र भक्ती मार्ग गरी तीनवटा छ्न । ज्ञान मार्ग – ऋषिमुनिहरु, कर्ममार्ग – कामबाट अनुभव प्राप्त गर्ने, भक्तिमार्ग – एकाग्रता लगाव । ज्ञान :- सत्वज्ञान, रजोज्ञान र तपोज्ञान गरि तीन प्रकारका हुन्छन् । सत्वज्ञान :- अनेकतामा एकता, रजोज्ञान :- एकतामा अनेकता, तपोज्ञान :- बिपरित ।

(ख) शास्त्रीय काल :-

यसकालमा दर्शनको निर्माण भयो । शास्त्रीय कालमा आस्तिक र नास्तिक गरि दुई किसिमका  दर्शन निर्माण भयो । आस्तिक दर्शन भन्नाले परमेश्वर, ईश्वर वा परमात्मालाई मान्ने हो । भने नास्तिक भनेको कुनै ईश्वर, परमात्मालाई नमान्ने दर्शन हो । मध्य कालमा पृथ्वी, जल, अग्नी, वायु, आकाश गरि पाँच तत्वलाई मुल सत्ता मान्दै पश्चिमा दार्शनिकहरुले पंचतत्वको प्रचार गरेपछि पूर्वीय दार्शनिकहरुले पनि पंचमाहाभूत भनेर प्रचार गरे । भारतीय दर्शन न्याय दर्शन, सांख्य दर्शन, वैशेषिक दर्शन, योग दर्शन, मीमांसा दर्शन र वेदान्त दर्शन आस्तिक दर्शन हुन । भने चार्वाक दर्शन, बुद्ध दर्शन र जैन दर्शन नास्तिक दर्शन हुन ।

२.चीनिया दर्शन :-

यस दर्शनका दुइटा धाराहरु छन । ताओवाद र कन्फ्युसियसवाद । ताओवादका प्रवर्तक लाओत्से हुन भने कन्फ्युसियसवादका प्रबर्तक कन्फ्युसियस हुन । ताओको अर्थ नियम हो, ताओवाद प्रकृति दर्शन र द्वन्द्ववादी धारा हो । यसले संसारमा दुई बिपरित वस्तुहरु छन जसको आधारमा संसारको ब्याख्या गर्न सकिन्छ भन्ने मान्यता राख्दछ । कन्फ्युसियसवाद नैतिक दर्शन हो । यसले नीति शास्त्रको निर्माण गर्दछ ।

पूर्वीय दर्शनका प्रवर्तकहरु, गौतम, कणाँद , कपिल, पतञ्जली, जैमिनी, बृहस्पति, वाद नारायण, लाओत्से, कन्फ्युसियस, गौतम बुद्ध र महावीर ऋषि नै प्रमुख हुन ।

दर्शनको वर्गीकरण :-

सत्ताको संख्याको आधारमा वर्गीकरण ।       क. अद्वैतवादी दर्शन      ख. द्वैतवादी दर्शन       ग. बहुलवादी दर्शन  रहेको छ ।

बहुलवादी दर्शनको तीनवटा धाराहरु छ्न ।      अ. अध्यात्मवाद     आ. भौतिकवाद       इ. अन्तरसंबंधित धार भौतिकवादी दर्शन जसले पदार्थलाई मुल सत्ता मान्दछ । अध्यात्मवादी दर्शनले आत्मालाई मुल सत्ता मान्दछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्