Logo

काँग्रेसको कार्यक्रममाथि प्रहरी हस्तक्षेप


काठमाडौँ । दशैंको अबसरमा नेपाली काँग्रेसले आयोजना गरेको कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । यो घटना रुकुमको हो । काँग्रेसको भातृ संस्था लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको खेलकुद कार्यक्रम रोक्न प्रहरीले हस्तक्षेप गरेको काँग्रेसले बताएको छ ।

रुकुम पश्चिम बाफिकोट गाउँपालिका– ६ मा आयोजित भलिवल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम प्रहरीले आएर रोकेको रुकुम काँग्रेसले बताएको छ । कार्यक्रम सुरु हुन लाग्दा विहानै प्रहरी आएर भलिवल खेलकुलस्थल कब्जा गर्नुका साथै नेट तथा भलिवल कब्जा गरेको छ ।

लोकतान्त्रिक खेलकुद संघले कार्तिक ३ गते देखि आयोजना गरेको कार्यक्रममा शुरुदेखि नै नेकपाका स्थानिय नेता कार्यकर्ताहरुले भाड्ने प्रयास गरेको बताइएको छ । कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागिता जनाएपछि सत्तारुढ (नेकपा) का नेता आत्तिएर राज्य आतंक मच्चाएको काँग्रेसको आरोप छ ।

भलिवल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम २३ टीमले सहभागिता जनाए पछि ३ गतेदेखि भएको कार्यक्रम ४ गते पनि सञ्चालन भएको थियो । ४ गते दिउँसो वाफिकोट गाउँपालिका–६ले प्रहरी लगाएर कार्यक्रम भाड्ने प्रयास गरेको बताइएको छ ।

लोकतान्त्रिक खेलकुद संघले गरेको कार्यक्रममा २३ टीम सहभागी भएको तर (नेकपा) निकट युवा क्लवले आयोजना गरेको कार्यक्रममा ६ टीम मात्रै सहभागी भएपछि सत्तारुढ दलकै नेताको ठाडो आदेशमा कार्यक्रम बिथोल्न प्रहरी परिचालन गरेको काँग्रेसको आरोप छ ।

काँग्रेसले कार्यक्रमको लागि १० लाख भन्दा खर्च गरि गरिएको छ । तर, कार्यक्रम रोकिएपछि काँग्रेसले कार्यक्रम संचालनको माग समेत गरेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्