Logo

वडा अध्यक्षले दादागिरी देखाउदा पक्राउ


ओखलढुङगा/ ओखलढुङगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं.६ थाक्लेका वडा अध्यक्ष हेमराज राई पक्राउ परेका छन् । उनले स्थानीय सर्वसाधारण र पेट्रोल पम्प सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ गरिएको हो ।

मापसे गरेर अर्पण आयल हर्कपुरका सञ्चालक र स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाका प्रहरी प्रमुख अनन्तराम शर्माले जानकारी दिए । शनिबार राति मातेर पेट्रोल पम्पमा पुगेका राईले हातपात गरेपछि उनी पक्राउ गरेका हुन । उनलाई सार्वजनिक अपराध अन्तर्गत मुद्धा चलाउन सकिने प्रहरी प्रमुख शर्मालृ जानकारी दिए । जिम्मेवार व्यक्तिले सार्वजनिक रुपमा हुलइज्जत गर्नु कानुन विपरित भएको शर्माले बताए ।

स्थानीय तहको चुनाव अघिसम्म राईले यातायात क्षत्रेमा काम गर्ने गरेको बताईएको छ । वडा अध्यक्ष राईबाट आफु असुरक्षित भएको भन्दै पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्