Logo

मन्त्रिमण्डल हेरफेरबारे पनि छलफल, (नेकपा) को सचिवालय बैठक १ बजे बस्दै


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्न लागेको छ । पार्टी एकतालाई पूर्णता दिने र सरकारको काम कारवाहीबारे बैठकमा छलफल भइरहेको छ ।

पार्टी अध्ययक्ष तथा प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बस्न लागेको बैठकमा हिजोबाट सुरु भएको छलफललाई टुंगोमा पुर्याउने बताइएको छ । बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटी गठन, सरकारको समीक्षा लगायतका विषयमा छलफल जारी छ । साथै, सत्तारुढ दलकै नेताहरुले भनेजस्तै मन्त्रीहरुको हेरफेरबारे पनि छलफल हुने बताइएको छ ।

कात्तिक १२ र १३ गते स्थायी समिति बैठक आह्वान गरिएको छ । उक्त बैठकका एजेण्डा र कार्यविधिबारे पनि बैठकमा छलफलको विषय बनेको बताइएको छ ।

आइतबार बसेको बैठकले काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो । नेता बामदेव गौतमको लागि ठाउँ खाली गर्ने भन्दै मानन्धरले राजिनामा दिएका थिए ।

चौतर्फी आलोचना भएपछि गौतमले चुनाव नलड्ने बताएकोले मानन्धरको राजिनामा अस्वीकृत गरिएको नेताहरुले बताएका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्