Logo

संसद हिमालको दशै–जनतासँगै


– राजुु बिक्रम चाम्लिङ
ब्रिटिश पारिवारीक पृष्ठमूमिमा जन्मिएका सुरेश कुमार राई (हिमाल) सुःखसयल, मोजमस्ति भन्दा, जनताको दुःख र साथलाई साथ दिंदै सबै जनता समानताको रुपमा हुनु पर्छ भन्दै पारिवारीक पृष्ठमूमिबाट फरक धारमा देखा परे । जन्मदाँ समान भएर मान्छे जन्मिए पनि समाजको व्यवहार र राज्यको वेवास्ताको कारण मानव मानव समूदायबीच विभेद हुँदै र गरिंदै आएको पाइन्छ । यहीं विभेदको विरुद्ध विद्यालय स्तरमा अध्ययन गर्दा गर्दै १६ वर्षेको कलकलाउँदो टिनेजर उमेरमा जनयुद्धमा होमिए राई । सुरुमा खम्बुवान आन्दोलनहुँदै दश वर्षे जनयुद्धमा होमिएका थिए । जनयुद्धको समयमा केही गरिखाने वर्गहरु आन्दोलनको राप थेग्न नसकेर, जनयुद्धको ताप सहन नसकेर गाउँबाट सदरमुकाम र सदरमुकामबाट शहर तिर लाग्दै गर्दा, हिमालको सहपाठी ब्रिटिश परिवारहरु शहर छाडेर वा नेपाल छाडेर वेलायत, अमेरिका पलायन भइरहेका थिए । हिमालसँगैका सहपाठीहरु वेलायत र सिंगापुर भर्ती हुन शहरमा बसेर तालिम केन्द्रहरुमा धाउँदै थिए । तर हिमाल भने घरको गाँस छाडेर, जनताको घरमा भए भुटेको मकै सँगै खाँदै नभए भोकै र निद्रै गुन्द्री वा गुन्द्री नभए परालमा ओछ्यान लाउँदै वर्षौं आन्दोलन, जनयुद्धमा बिताए । फलस्वरुप दशवर्षे जनयुद्धले नेपाली जनतामा चेत खुलाउँदै विश्वमा ऐतिहासिक जनयुद्ध र शान्ति कायम गर्ने देशको रुपमा स्थापत गर्न सफल भए । नेपाली समाजलाई त्यो अवस्थामा ल्याउन हिमाल र हिमाल जस्ता कार्यकर्ताहरुको योग्दानलाई सम्मान गर्न आवश्यक छ । परिणाम स्वरुप नेपाली जनताको चाहना आकांक्षा अनुसार संविधानसभाको निर्वाचन भइ संविधानको कार्यान्वयनसँगै नेपाल गणतान्त्रिक संघिय नेपाल स्थापित भएको छ । साथै संविधानलाई कार्यान्वन गर्ने प्रथम चरणको अवस्थामा संघिय निर्वाचनमा उदयपुर जिल्लाबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुन सफल हुनु भएको छ ।

आफ्नो परिवार, त्यसमा पनि सुःखी परिवारलाई वेवास्ता गर्दै जनताको अवस्था र समस्यालाई पहिचान गर्दै जनताको दुःखसँगै आफु त्यहीं जनतासँग त्यहीं दुःखमा रमाउँदा खुशी मान्ने संसद हिमालको यो पटककको दशैं पनि जनतासँगै भएको छ । को होला त्यस्तो संसद, जब वर्षदिनको चाड दशैं आउँदा आफ्नो परिवार नावालिका छोरीलाई छाडेर जनतासँगै रम्न जाने । सामान्य रुपमा विदेशमा रहेका र शहरमा भएका सबै नेपाली जनताहरु वा राजनीतिकर्मी वा संसदहरु सपरिवार खुशी साट्न, र परिवारसँग रम्न अन्य समयमा नभए पनि दशैंमा परिवार नजिक नै जान्छन् । तर संसद हिमाल भने आफ्नो परिवार, ससुराली, आफन्तजनसँगको भेटघाट रमाइलो होइन, आफ्नो कर्मथलो उदयपुर जिल्लाको विभिन्न गाउँ गाउँमा हरेक दिन स्थानिय जनताहरुसँग दशैंको रमाइलो खुशी साटिरहेका छन् ।

 

सबै नेताहरु यस्तो महान चाडपर्वमा जनताका घरदैलोमा जाँदैनन् । कम्तिमा अरु समयमा त नभए पनि पर्वको समयमात आफ्नो परिवारलाई समय दिनै पर्छ भन्ने सबै नेता, कार्यकर्ता र संसदहरुको भावना सुनिन्छ । तर संसद हिमाल यो मानेमा फरक छन् । यसकारण हरेक राजनीतिकर्मी, कार्यकर्ता, नेता, नेतृत्व र संसद लगायतका पदमा रहेका नेतृत्वहरुले जनतासँग हातमालो गरेमा निश्चय नै सबै नेपालीहरुले आफुलाई पनि सम्मान भएको महशुष गर्ने गर्दछ । किनकी दशैं आउँदैमा सबैको घरमा खुशी नै छाउँछ भन्ने हुँदैन, दशैंमा हुनेले खशी, सुँगुर हरेक परिवारमा काटे पनि त्यस्तो परिवारहरु पनि छन्, जो जुन परिवारहरु दशैंको टिकाको दिन पनि मासु खान हैसियत नभएका । वा आफन्तजनहरुबाट वर्गिए रुपमा गरिब भएर हेपिएकाहरु । राज्यले सबै जनता समान छन् भनेर संविधान उल्लेख गर्दैमा समान हुन सक्दैनन्, दुःखमा वा सुःखमा जनतासँगै रहनु भने पुर्ण मानिन्छ । यसबारेमा हिमाल धन्यवादका पात्र हुनुहुन्छ । यसलाई सबै राजनीतिकर्मी, सामाजिक अभियान्तहरुले अनुसरण गर्नै पर्दछ । हामी सबै नेपालको । हामी सबै नेपाली ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्