Logo

युवा संसद किरातीको फरक दशैं


– राजु बिक्रम चाम्लिङ

मानव जन्मिदा समान हैसियत र समान अधिकार लिएर जन्मे पनि त्यो समाज र त्यो देशको सामाजिक, राजनीतिक, साँस्कृतिक र आर्थिक लगायतको विषयहरुले आफु जन्मेको परिवारको अवस्थाले निर्भर पर्ने हुनाले सोही किसिमको विभेद सुरु हुन्छ । यो नेपाली समाज वा नेपालमा मात्र होइन विश्व समाज र विश्वमा अभ्यास छ । राजकाजको खान्दानीमा जन्मेको वालकको अवस्था, निम्न वर्गको परिवारमा जन्मेको वालकको अवस्था, राजनीतिक परिवारमा जन्मेको अवस्था वा किसानको परिवारमा जन्मेको अवस्था । कसरी व्यवहार र वर्ग छुटिन्छ भन्ने कुरा आफु कुन परिवारमा जन्मेको हो भन्ने कुराले निर्धारण गर्दछ । तर मानव कुन परिवारमा जन्मे भन्ने कुरा भन्दा पनि प्रकृतिमा जन्मे पछि किन विभेद गरिन्छ, भइन्छ भन्ने कुराको खोज अध्ययन गर्दै जाँदा सुदन किराती आफ्नो परिवारको न्यानो काख छाडेर सबै प्रकारको विभेदको विरुद्धमा लड्नको लागी अन्यायको विरुद्ध लड्न भूमिगत भए ।

सबै जनता समान हुन, र सबै जनताले समान अधिकार पाउनुपर्छ, सबैको आ–आफ्नो पहिचान र अधिकार सहित राज्यमा स्थापित हुनुपर्छ भन्ने परिकल्पना सहित खम्बुवान आन्दोलन, दशवर्षे जनयुद्धमा होमिए । जनताको आवश्यकता र सही समयमा उक्त आन्दोलन, जनयुद्ध भएको कारण नेपाली जनताहरुको साथ पाएर छोटो समयमा जनतामा चेतना ल्याउन सफल भयो । नेपालको इतिहासमा जनचेतना फैलाउने काममा दश वर्षे जनयुद्धलाई स्वर्णिमकालको रुपमा मान्दा फरक पर्दैन । खम्बुवान आन्दोलन र दश वर्षे जनयुद्धको प्रतिफलस्वरुप राज्यले समेत घुँडा टेक्नु पर्यो । त्यसको परिणाम स्वरुप नेपालमा ऐतिहासिक प्रथम संविधानसभाको निर्वाचन सम्पन्न हुँदा भोजपुरबाट प्रतिनिधिसभाको सभासदमा सुदन किराती निर्वाचित हुन सफल हुनु भयो । पछिल्लो समयमा नेपालको संविधान कार्यान्वयनसँगै भएको निर्वाचनमा पुन प्रतिनिधिसभाको संसदमा निर्वाचित हुन सफल हुनु भएको छ । हाल प्रथम वर्षको कार्यकालमा रहनु भएको छ ।

जनताको समस्या पर्दा र जनताको आवश्यकता अुनसार हरपल हरसमय जनतासँग रहने किराती दशैंको अवसरमा भने फरक तरिकाले दशैं मनाइरहेका छन् । जसमा उहाँले आफ्नो फेसवुक वालमा टुइट गर्दै विश्वका शान्तिका दुत नेता नेल्सन मण्डेलाको भनाईलाई उदृत गर्दै, “जब जनता उत्सवमा अगाडि बढ्छ तब तिमी पछाडी बस, जब जनता संकटमा पर्छ तिमी अगाडी बढ” । यो पटकको दशैंमा सबै जनताहरुले खुशीसाथ दशैं मनाईरहँदा संसद किराती भने पिखुवा कृषि र्फममा सामान्य किसान जसरी कृषक भएर दशैं मनाइ रहेका छन् । नेपालको राजनीतिक संस्कृति विकृतिको रुपमा विकसति हुँदै आएको छ । जबकी जनताको भोटले निर्वाचित भएपश्चात शहर नछाड्ने प्रवृति र कृषक वा किसानलाई कमारा सम्झने प्रवृतिलाई किरातीले आफु प्रतिनिधि संसदको सदस्य भइरहँदा, कृषक सरह र हैसियत समान भएको व्यवहारले पुष्टि गरिरहेको छ । यसलाई सबै संसद र राजनीति दलका नेता र कार्याकर्ताहरुले अनुसरण गर्न आवश्यक छ । अन्यथा जनताको लागी लडेका राजनीतिक कार्यकता, नेता पुन पंचायत र सामन्तको संस्कारलाई नै अनुसरण गरे जनताको विभेदको समस्या, राप र तापले एकदिन पोल्नेछ । त्यो बेला त्यस्तो नेतृत्वलाई स्यावास र तालीको सलामी होइन सबै जनताले धिर्कादै थुक्नेछ । यसकारण सबै राजनीतिक नेतृत्व र कार्यकर्ताले वेलैमा व्यवहारमा परिबर्तन गर्न आवश्यक छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्