मेस्सी र रोनाल्डो, ला लिगाको सर्वकालीन सर्वाधिक गोलकर्ता को को हुन् ?
एजेन्सी । स्पेनिस ला लिगा फुटबल युरोपियन क्लब फुटबलकै सर्वाधिक लोकप्रिय लिग हो ।
ला लिगामा सबै भन्दा धेरै गोल गर्ने खेलाडी बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी हुन् । मेस्सी स्पेनिस ला लिगमा कीर्तिमानी गोलकर्ता हुन् ।
यस्तै मेस्सीपछि सर्वाधिक धेरै गोल गर्ने खेलाडी रियल मड्रिडका पुर्व खेलाडी क्रिष्टियानो रोनाल्डो रहेका छन् ।
मेस्सी र रोनाल्डोसंगै ला लिगामा अन्य धेरै खेलाडी सर्वाधिक गोलकर्ताको सूचीमा पर्ने गर्छन ?
हेर्नुस् ला लिगाको सर्वकालीन सर्वाधिक गोलकर्ताको सूची :
१०. एडमण्डो स्वारेज
स्पेनका पुर्व फरवार्ड एडमण्डो स्वारेज ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पर्ने गर्छन् ।
स्वारेजले आफ्नो करियरमा २ सय ३१ ला लिगा खेल खेल्दै १ सय ९५ गोल गरेका छन् । सन् १९३९ देखि १९९७ सम्म स्वारेजले भ्यालेन्सिया र लेभान्टेबाट खेलेका थिए । स्वारेज सबैभन्दा धेरै समय भ्यालेन्सियाबाट खेलेका थिए ।
९. पाहिनो
स्पेनिस पुर्व खेलाडी पाहिनो ला लिगाको सर्वाधिक धेरै गोल गर्ने खेलाडीको नवौं स्थानमा रहेका छन् ।
पाहिनो ला लिगामा २ सय ७८ खेल खेल्दै २ सय १० गोल गरेका थिए । पाहिनोले सन् १९४३ देखि १९५६ सम्म ला लिगा खेलेका थिए ।
ला लिगामा १२ सिजन बिताएका उनले सेल्टा भिगो, रियल मड्रिड, डिपोर्टिभो ला करुणाबाट खेलेका थिए ।
८. क्यूनि
स्पेनिस खेलाडी क्यूनिले ला लिगाको सर्बाधिक गोल कर्ताको सूचीको आठौं स्थानमा आफुलाई राख्न सफल भएका छन् ।
बार्सिलोना र रियल स्पोर्टिङ गिजोनबाट खेलेका उनले ४ सय ४८ खेल खेलेर २१९ गोल गर्न सफल भएका छन् । ला लिगामा १२ सिजन बिताएका क्यूनिले पाँच पटक पिचिची अवार्ड जितेका थिए । यो अवार्ड जित्ने उनी पहिलो स्पेनिस खेलाडी हुन् ।
७. सिजर रोड्रीगेज
स्पेनका लिजेण्ड फुटबलर सिजर रोड्रिगेज ला लिगामा सर्वाधिक धेरै गोल गर्ने खेलाडीमा पर्छन ।
रोड्रिगेजले ला लिगामा ३ सय ५३ खेल खेलेर २ सय २३ गोल गर्दै आफुलाई सातौं स्थानमा राख्न सफल भएका छन् ।
रोड्रिगेजले सन् १९३९ देखि १९५५ सम्म ला लिगामा बिताएका थिए । उनले बार्सिलोनाबाट ३ सय ५३ खेल खेलेका थिए ।
६. अल्फ्रेडो डी स्टेफानो
अर्जेन्टिनाका पुर्व स्टार स्टाइकर अल्फ्रेडो डी स्टेफानो स्पेनिस ला लिगाको सर्वकालीन सर्वाधिक गोल गर्ने खेलाडीमा पर्छन् ।
रियल मड्रिडका पुर्व स्टार स्टेफानोले ला लिगमा ३ सय २९ खेल खेल्दै २ सय २७ गोल गरेका थिए । स्पानियोलबाट समेत खेलेका स्टेफानोले सर्वाधिक गोल रियल मड्रिडबाट गरेका थिए ।
५. राउल
स्पेनका पुर्व स्ट्राइकर राउल ला लिगाको सर्वकालीन सर्वाधिक गोलकर्ताको पाँचौ स्थानमा रहेका छन् ।
सन् १९९४ देखि १९१० सम्म ला लिगा खेलेका राउलले ५ सय ५० खेलमा २ सय २८ गोल गरेका थिए । उनले रियल मड्रिडबाट मात्र फुटबल खेलेका थिए ।
रियल मड्रिडका लिजेण्ड राउलले स्पेनबाट १ सय २ खेल खेलेर ४४ गोल गर्न सफल भएका थिए ।
४. हुगो सान्चेज
स्पेनिस ला लिगा फुटबलमा अर्का सर्वाधिक गोलकर्ता हुन् हुगो सान्चेज ।
मेक्सिकोका स्ट्राइकर सान्चेजले सङ १९८१ देखि १९९४ सम्म ला लिगा खेलेका थिए । जसमा उनले ३ सय ४७ खेल खेलेर २ सय ३४ गोल गरेका थिए ।
रियल मड्रिड र एट्लेटिको मड्रिडबाट खेलेका सान्चेजले रियलबाट सर्वाधिक गोल गरेका थिए । रियलबाट उनले १ सय ६४ खेलमा २ सय ७ गोल गरेका थिए ।
३. तेल्मो जारा
स्पेनका पुर्व खेलाडी तेल्मो जारा स्पेनिस ला लिगामा सर्वकालीन सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा रहेका छन् ।
सन् १९४० देखि १९५५ सम्म ला लिगा खेलेका जाराले २ सय ७८ खेल खेलेर २ सय ५१ गोल गरेका थिए ।
एट्लेटिको बिल्बाओका जाराले स्पेनबाट सन् १९४० देखि १९५१ सम्म २० खेल खेलेर २० गोल गरेका थिए ।
२. क्रिस्टियानो रोनाल्डो
पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो स्पेनिस ला लिगाको सर्वकालीन सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा छन् ।
रियल मड्रिडका पुर्व स्टार रोनाल्डोले सन् २००९ बाट २०१८ सम्म २ सय ९२ खेल खेलेर ३ सय ११ गोल गरेका थिए । पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डो यसै सिजन रियलबाट युभेन्ट्स गएका हुन् ।
सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीमा देबी गरेका रोनाल्डोले राष्ट्रिय टोलीबाट १ सय ४८ खेल खेलेर ८० गोल गरिसकेका छन् । रोनाल्डो आफ्नो पुस्ताकै महान खेलाडी मानिन्छन् ।
१. लियोनल मेस्सी
अर्जेन्टिना तथा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी ला लिगाको सर्वकालीन सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा पर्छन् ।
बार्सिलोनाबाट फुटबल करियर सुरु गरेर हालसम्म बार्सिलोनामै रहेका मेस्सीले ४ सय २६ ला लिगा खेलमा ३ सय ८९ गोल गरेका छन् ।
पाँच पटकका बालोन डी’ओर बिजेता मेस्सीले गोल संख्या अझै बढाउने छन् । मेस्सीले यस सिजन पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मेस्सीले बार्सिलोनाबाट करियरको ६ सयौं गोलको कोशेढुंगा पार गरिसकेका छन् ।
मेस्सीले अर्जेन्टिनाबाट १ सय २१ खेल खेल्दै ६१ गोल गरेका छन् ।
-एजेन्सीको सहयोगमा