पवित्रवस्तु खादा र यसकोमहत्व
मोहनगोले तामाङ
बौद्ध धर्मावलम्बी र अन्य समुदायले समेत विभिन्नशुभकार्यमा स्वागत, सम्मानको लागिप्रयोग गरिने वस्तु खादाहो । यो सेतो, रातो, पहेँलो, निलो र हरियो रंगको हुन्छ । भिन्नाभिन्नै रंगले भिन्नाभिन्नै महत्वदर्शाउँछ । खादाको साईज भने कुनै लामा हुन्छन् त कुनै छोटापनि हुन्छन् । नेपालमा२०४६ सालको परिवर्तनपछि यसको प्रयोगमाब्यापकताआयो । यसलाई बौद्ध धर्मावलम्बीबाहेक गैर बौद्धधर्मावलम्वीले समेत विभिन्नशुभकार्यमाप्रयोग गरे । लगभगतीनदशकखादा सबैको साझावस्तु बन्यो, कसैले यस सम्बन्धमाप्रश्न उठाएनन् । तर पछिल्लो चरणमा बुझेर या नबुझेर केहीमान्छेहरु खादाबहिष्कार गर्नेदेखियसको सट्टामा ढाकाको गलबन्दीसमेत प्रयोग गर्न थालेका छन्। बुद्ध जयन्तीको अवसरमायसबर्ष बुद्धकै जन्मस्थललुम्बिनीमा समेत थाककाथाक ढाकाको गलबन्दी पु¥याएको देखियो । देशकै कार्यकारी प्रमूखप्रधानमन्त्री केपीओलीले समेत सार्वजनिककार्यक्रममाखादाको भरमग्दुरविरोध गरे । सिन्धुपाल्चोक जिल्ला सुनकोशीगाउँपालिकाका वडा अध्यक्ष नेत्रबहादुर कार्कीले पनिआफ्नो वडा क्षेत्रभित्रखादाप्रयोगमाप्रतिवन्धलगाए। उनको यो निर्णयकोसंसारभरिका तामाङ संघ÷संस्थाहरुबाट सर्वत्र आलोचनाभयो । केही समय अघि चितवनजिल्लास्थित एउटा पार्टीको कार्यक्रममापनिखादाबहिष्कार गरेको भन्ने सुनियो । यसको पनित्यस समयमाविरोध भएको थियो ।
वास्तवमायतिलामो समयसम्म सबैले स्वीकार गरेको पवित्रवस्तु खादामाथिपछिल्लो चरणमा किनप्रहार भइरहेको छ ?यसरी निरन्तर राजनीतिकरुपले प्रहार हुनु भित्रको उद्देश्य के हो ?खोजीको विषय बनेको छ । प्रधानमन्त्रीले खादाबाट प्रदुषण हुने आशयब्यक्त गरेका थिएभने वडा अध्यक्षकार्कीले जारी गरेको पत्रमा स्थानीयफूल, दुबो, गुराँस, सुनाखरीलाई प्रवद्र्धन गर्ने भन्ने उल्लेख थियो । केहीले विदेशीवस्तु आयातनगरेर स्वदेशीउत्पादनलाई प्रवद्र्धन गर्ने हास्यास्पदनारा लगाए । जुन देशमासियोदेखि नूनसम्म र कन्दनीदेखि बाहुनले फेर्ने जनै धागोसम्मविदेशबाट आयातगर्नुपर्छ भने एउटा वस्तु खादाको प्रतिवन्धलगाएर कति पैसा बाहिर जानुबाट रोक्नु खोजेको हो?सामान्य चेतले नबुझ्ने कुरो यो छ । यसबाट प्रष्ट हुन्छ किप्रधानमन्त्री बाणीदेखि वडाअध्यक्षको उर्दीसम्मदुवैको भित्रि सार उद्देश्यभनेकोसंस्कृतिमाथिको नाङ्गो आक्रमण हो । स्थानीयताको प्रवद्र्धन र प्रदुषणको कुरा त दुनियाँलाई देखाउने तिनको बहानावाजीमात्रहो ।
जसले खादाको महत्वलाई बुझ्न सकेनन् । खादामाअंकित सांकेतिकशुभचिन्हहरु र सम्भोटा लिपिमा लेखिएकाशुभअक्षरहरुलाई बुझ्ने कोशिस नगर्दाब्यर्थमाएकाथरी मान्छेहरु खादाको विरोध गरिरहेका छन् । खादामाकुनै धर्म वा समुदायविशेषको बर्णन गरिएको नभई समस्त प्राणी हितको लागिशुभशब्दहरु लेखिएको हुन्छन् ।त्यहाँशुभचित्रहरु कोरिएकाहुन्छन् । खादामा लेखिएको अक्षर सम्भोटा लिपिको हुँदैमाभोटे अक्षर हो भनेर कोहीतर्सिनु पर्ने कारण छैन । त्यसो त अंग्रेजीअक्षरदेखि झनैतर्सिनुपर्ने हो ।
बौद्ध धर्मग्रन्थपहिले भारतका पण्डितहरु नै तिब्बतपुगेरअनुवाद गरेका हुन् । नालण्डा विश्वविद्यालयकाथुप्रै आचार्यहरुको यसमा ठूलो भूमिका छ । पछि तिब्बतकाअनुवादकहरु भारत गएर संस्कृत र पालीभाषाअध्ययन गरी तिब्बतीभाषामाअनुवाद गरेपछि यसले अझब्यापकतापायो । यसमाभारतका महासिद्ध गुरु पद्मसम्भवको सबैभन्दाठूलो योगदान छ । सातौ शताब्दीदेखि सुरु भएको अनुवादबाट तिब्बतमा धेरै धर्मग्रन्थहरु तिब्बतीभाषामाअनुवादभए । त्यहीलिपिमातयार भएको ग्रन्थहरु नेपालमाआयो । नेपालको नश्लीय राज्यब्यवस्थाले यसको आफ्नै देशीयभाषामाअनुवादगर्ने ब्यवस्थामिलाएन । सम्भवत यो ब्यवस्थामिलाएको भएहामीआजआफ्नै लिपिमा पढ्न पाउँथ्यौहोला । त्यसैले कुनलिपिमा लेखियो भन्दापनि के लेखिएको छ ?त्यो पक्षमहत्वपूर्ण हो । बाहुनले ओढ्ने रामनामीबर्कोमा संस्कृत भाषाबाट मन्त्रहरु लेखिएका हुन्छन् । संस्कृत भाषाको अक्षर देख्दैमाअर्को भाषाबोल्ने समुदायतर्सिनु पर्दैन । यो धर्म निरपेक्ष, संघीय, गणतान्त्रिक मुलुकको बहुलताभित्रबस्ने जनताले सोच्ने चित्तहोइन । मुख्यतःत्यहाँ के लेखिएको छ भन्ने कुरोको चुरो खोज्नु जरुरी छ । यतिबुझ्ने प्रयत्नग¥यौभने धार्मिक, साँस्कृतिक सहिष्णुताको प्रवद्र्धनमा टेवापुग्नेछ ।
खादालाई बुद्धको न्हाम्साअर्थात पवित्रवस्त्रको रुपमा लिइन्छ । खादामा सम्भोटा लिपिमानिम्नशान्ति र सुभ शब्दहरु लेखिएका हुन्छन्ः (१) टासी देलेक फुन्सुम छ्योकऊ (यसको अर्थ होः सुख, शान्ति, शुभ राम्रो कुराले सधैं भरिपूर्ण होउन्) । यसमाअरु थपआशिर्वादहरु पनि लेखिएका हुन्छन्ः(२) ङिन्मो देलेक छेन्देलेक, ङिम्हे घुङयाङ देलेग सिङऊ (यसको अर्थ होःबिहानको शुभ, मध्यदिनको शुभ र रातको शुभरहोस्) । (३) ङिन्छेन् ताक्तु देलेगपा, कोन्छ्योग सुम्गी टासी श्योगऊ (यसको अर्थ होःदिन र रात सबै राम्रो भई त्रिरत्नको शुभ रहोस्) । (४) पोन्लोप मिडल ल्हेन्चीघ ढोघ, कुछे मिग्युर स्रा तेन्ङा, स्हाङ्से टोग्युन मिछेकीला छ्योइफेल टाशी श्योगऊ (यसको अर्थहोः गुरु मण्डल र हामीबीच केही गडबढी नभई सधैं मित्रता र साथरहिरहोस्, आयु र शरीर कहिल्यै नष्ट नहोस्,गाँजबलियो एवम् अटल होस्, राम्रो होस्, हृदयदेखि नै कर्म गर्न मन लागिरहोस्,अनन्तसम्म सुख, शान्ति र धर्म फैलिएर जाओस्) । यस्तापुन्य, शुभशब्दहरु खादामा लेखिएका हुन्छन् ।
यसको साथैकतिपयखादामाओम मणि पद्मे हुँह्रीजस्तो मन्त्रपनि लेखिएको हुन्छ । जसअनुसार (१) ओमको अर्थ मन, वचन र शरीर शुद्ध हुने हो । (२) मणिको अर्थ अमूल्य रत्नहो । (३) पद्मेको अर्थ कमलको फूलहिलोमाफुलेर पनि शुद्ध रहने हो । (४) हुँको अर्थ मणि र कमलजस्तो हो र (५) ह्रीको अर्थ स्वयम् अवलोकेतेश्वरको चित्तहो । यो मन्त्रको जपगर्नाले समेत देवलोक, असुरलोक, मनुष्यलोक, पशुलोक, प्रेतलोक र नर्कलोकमापुर्नजन्मलिनुपर्ने कष्टको ढोका बन्द हुन्छ भनिएको छ । विद्वानराजनीतिविश्लेषक प्रा. डा. सुरेन्द्र केसीले त ओम मणि पद्मे हुँको मन्त्र समेत प्रकृतिपुजकखसहरुको हो भनेर दाबीगर्नुभएको छ । तसर्थ, यस्तो तन्त्र÷मन्त्रयुक्तखादालगाउने वाधारण गर्ने मान्छेको सधैंभरि कल्याण हुन्छ भन्ने जनविश्वास रहेको छ ।
त्यसैगरी खादामा अष्ट मंगलम्को चित्रपनि छापिएको हुन्छ । ती अष्टमंगलचित्रको अर्थ यसप्रकार छन्ः (१) धुक (ह्रिन्छेन धुक)ः छाता अर्थात भगवानको छाता जो ज्ञानको सागर भएको व्यक्तित्वलाई ओढाइने गरिन्छ । (२) सुनको माछा (सेर्गी ङ्या)ःशुभको प्रतिकहो । (३) बुम्बाअर्थात कलश(घोइम्युङ)ः सम्पूर्ण इच्छा प्राप्तीहुने । (४) कमल(इहोङ कमल)ः हृदयआनन्दितपार्ने । (५) शंख (ङ्यान्डक धुङ)ःशक्तिशालीश्रवण अर्थात धर्मको ध्वनीवाआवाजगुञ्जिने । (६) स्वस्तिकचिन्ह(पल्बेहु)ः प्रेमको कहिल्यै अन्तनहुने अर्थात इच्छाएको प्राप्तीहुने रधेरै राम्रो हुने । (७) छाता (घ्याल्छेन)ःमानवजीवनकोकहिल्यै अन्त्यनहुने र(८) धर्मचक्र÷खोर्लो (वाङ्ग्युर)ः शक्ति फैलाउने । यस्तो महत्वपूर्ण शुभमंगलका संकेत चित्रहरु खादामा छापिएको हुनाले यसबाट ऊ दुःखमा पर्नु पर्देन ।
यसको साथै खादामाप्रयोग हुने पञ्चरत्नको पनि छुट्टाछुट्टै अर्थ र महत्वछ । (१) निलो रंगआकाशको प्रतिकहो । (२) पहेंलो रंगजमीनवा माटोको प्रतिकहो । (३) रातो रंगअग्निको प्रतिकहो । (४) सेतो रंगबादलको प्रतिकहो र(५) हरियो रंगजंगलको प्रतिकहो । पञ्च रंगले पाँचभौतिकतत्व (जो मानवजीवनको सृष्टिसँग सम्बन्धित छ) को बोध गराउँछ ।
तसर्थ,मानव कल्याणको लागियस्तो महत्वबोकेको खादाबहिष्कार गर्नु भनेको शुभ संकेतलाई नै लत्याउनु हो ।शुभलाई अस्वीकार गरियो भने अशुभमात्रभोग्नुपर्छ । यसको विकल्पमा ढाकाको गलबन्दीप्रयोग गर्नुको त अझकुनै अर्थ छैन । यति महत्वपूर्ण मन्त्रहरु लेखिएको खादासँग ढाकाको गलबन्दीतुलनागर्नै मिल्दैन ।ढाकाको फूलबुट्टा देख्दाआँखालाई एकछिन तिरिमिरी पार्छ, त्यतिहो । यसबाट कुनै शुभहुँदैन । बरु यसमाप्रयोग गरिएको कृतिम लेपनवाला रंगले घाँटी चिलाउने र एलर्जी हुने सम्भावना बढ्छ । त्यसकारण खादालाई केवलआतिथ्यतामागलाको शोभादिनको लागिप्रयोग गरिनेवस्तुको रुपमामात्रनबुझौं । यसको धार्मिक, साँस्कृतिकर सामाजिकमहत्व छ । सबैले बुझ्ने प्रयत्न गरौ ।