Logo

#बसन्ती जी कलिङ (Bashanti G calling)#छोटो कथा #एच.आर बाहिङ्ग (मुस्कान)

#एच.आर.मुस्कान

ओखलढुंगाबाट काठमाडौं आउँदै थिएँ । टाटा सुमोको यात्रा निकै असहज त्यतिबेला भयो जतिबेला म एकजना दिदी र उनकै छोरीको बीचमा बस्नुपर्ने भयो । दुबै तिरको झ्यालको सीट तीनजना नारीहरुले कब्जा गरेपछि म बाध्य भएर बीचमा बसेको थिएँ । मेरो मोबाईल र इयरफोन साथमा भएकोले मलाई खासै चिन्ता लागेको थिएन । तर समस्या त्यतिबेला भयो जतिबेला सँगै बस्ने दिदीहरुले इयरफोनमा गीत सुन्दै आनन्दले बस्नै दिनुभएन, ‘सँगै हिँडेसी गफ गर्नुपर्छ बराबर’ भन्दै । यात्रा निकै तनावपुर्ण हुन थाल्यो । तब मैले एउटा आइडिया सोचेँ, ‘किन तनावलाई शक्तिमा नबदल्ने?’ अनि मैले मेरो छेवैमा कुनै ‘सुन्दरी केटी’ बसेर यात्रा गरिरहेको कल्पना गरेँ र एउटा काल्पनिक यात्रा डायरी टाइप गर्न थालेँ । नाम दिएँ ‘मनको लड्डु घिउसँग खाँदै गर्दा’ । देव भाईले मुन्धुमस्टार डट कम’मा साहित्य शिर्षकमा पोष्ट गरिदिए । अनि निकैजनाको तारिफ पनि पाइयो । एकजना भाइले बाँकी भागको माग राख्यो । मैले अर्को एक भाग लेखिदिने वाचा गरेँ । त्यसैले गर्दा यो अर्को भाग बन्यो । अर्को भागको लेखन सकियो तर कथा अलिकति मात्र अगाडी बढ्यो । मैले यो भागको नाम राखिदिएँ ‘अनपेक्षित पाइलाहरु’ ।)
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~अनपेक्षित पाईलाहरु ~~~~<>~~~~~~

…………………………………………………………………

चाबहिलमा टाटा सुमोबाट झर्ने बित्तिकै म एउटा ट्याक्सी समात्छु ।

‘मिटरमै हो नी हैन दाई हामी जाने?’ मेरो प्रश्न ।

‘मिटरमा त कहाँ जान सकिन्छ र भाई यस्तो महँगी छ’ । उनको जवाफ ।

‘अनि के त महँगी त सबैलाई लाग्छ नी दाई, ट्याक्सी ड्राइभरलाई मात्र लाग्ने हो र?’ मेरो पुन: प्रश्न ।

‘हुन त हो तर कोहि पनि मिटरमा हिड्दैनन् भाई गाह्रो छ’ । उहाँको नजरमा उहाँको विवशता ।

‘अनि सरकारले मिटर अनिवार्य गरेको कुरा नी?’ मेरो अर्को प्रश्न ।

‘त्यस्तै हो भाई यहाँको नियम कानुन, कसैले मान्दैन’ । उहाँको यति सजिलो जवाफ कि मानौं नेपाल सरकारले नियम बनाएको लागु गर्नलाई नभएर मात्र तर्साउनलाई हो । डराउनेले पालना गर्छ नडराउनेको मनोमानी निरन्तर छ ।

‘त्यसो भए कति दिऊँ तपाइले मलाई बेशिगाऊँ मोड पुर्याउनुभएको भाडा?’ म सोध्छु ।

‘ठ्याक्कै मोडमा?’

म टाउको हो को भाकामा हल्लाउँछु ।

‘त्यसो हो भने चार सय दिनुहोस् न त ।’

मानौं उनले मलाई निकै पैसावाला र मुर्ख सोचिरहेका छन् ।
‘चार सय त दाइ वेशिगाऊँ मोड पुगेर फेरी चाबहिल नै आउनलाई पनि महँगो भयो । हो कि होइन? नढाँटी भन्नुस् त ।’ म भन्छु ।

‘त्यस्तो त होइन भाई लु यसो गरौं तीन सय मात्र दिनुस न त ।’

‘ल दुइ सय पचास दिन्छु दाई जानुहुन्छ भने नत्र….’, उता देखी कहाँ जाने हो भाई? भन्दै सोधिरहेको ट्याक्सीतिर इशारा गर्दै म भन्छु ‘ट्याक्सी फालाफाल पाइन्छ काठमाडौंमा ।’

‘ल ल साह्रै भन्नुभयो बस्नुस् न त ।’

कुरा मिल्छ । म ट्याक्सीमा आफ्नो धुलैधुलो भएको ब्याग फ्याक्छु र आफू पनि फ्याकिन्छु एक छेउमा ।

गोजीबाट फोन निकाल्छु र उहि बसन्तीको नम्बर खोल्छु । झण्डै डायल गर्छु फेरी के सोचेर कुन्नी डायलमा औँला जाँदैन । म फोन नम्बरलाई एकोहोरिएर हेर्छु । खोइ के देख्छु त्यहाँ ? त्यहाँ भएका अंक र अक्षरहरुमा उनैको प्रतिविम्ब देख्छु की कतै ? फोन डायल गरौं कि नगरौं कै दोधारमा म कोठा पुग्छु । बीचबीचमा ड्राइभर दाईसँग पनि कुराहरु गरिरहेको हुन्छु तर ध्यान भने गफमा नभएर फोनमै हुन्छ । अझ राम्ररी ध्यान नै नदिई जवाफहरु दिन्छु एकोहोरो प्रश्नको । शायद अघि मोलमोलाई गर्ने बेलाको म र अहिले ट्याक्सीमा बसिरहेको प्यासेन्जर म एउटै मान्छे होइन झैं सोचिरहेका होलान् ऊनी । सोच्दाहुन् पैसाको कुरा गर्नुपर्ने बेलामा मात्र रै’छ बोल्ने नत्र घमण्डी रै’छ मान्छे त । खैर अरुको सोचाइलाई कसले पो रोक्न सक्छ र होइन ?

कोठाको ताल्चामा चाँबी घुसाउँछु र घुमाउँछु, अहँ खुल्दैन । यताउता दुइ तीन पटक घुमाउँछु खुल्दैन । होइन आज किन ताला खुलेन? रिस पनि उठ्छ, ताल्चालाई झट्कार्छु एकपटक रिसले । बल्ल पो दिमागमा आउँछ, चाबीको झुप्पामा अर्को पनि पो छ त चाँबी त । म उस्तै लाग्ने अर्को चाबी लगाउँछु र घुमाउँछु । एकैपटकमा खुल्छ चाँबी । आफ्नै बुद्दि देखी हाँस उठ्छ । मान्छे आफ्नो गल्तिलाई राम्ररी सम्झिन खोज्दैन, सट्टामा बेकारमा अरुसँग रिस पोख्छ ।

म भित्र राम्ररी छिर्न नपाउँदै झोलाहरुलाई कुनामा फुत्त फाल्छु र दराजबाट एक सेट कपडा निकाल्छु, टावल टिप्छु र बाथरुम छिर्छु । बाथरुमको चिसो पानीमा रुझिरहँदा बारम्बार बसन्तीसँगको यात्रालाई सम्झिरहन्छु । निस्किए बित्तिकै फोन गर्नेछु तर फोन गरेर पो के भन्ने होला म सोचिरहन्छु । यहि भन्दा ठिक हुन्छ भन्ने शब्दहरु केही पनि आउँदैनन् मनमा । ‘आ फोन उठाउने पनि हो कि होइन के को दुनियाँ सोचेर बस्छस्, उठायो भने त जे पनि भन्लास् नि उत्तिखेरै’, म मनमनै भन्छु ।

नुहाइ सकेर निकै हलुका ज्यान लिएर कोठामा फर्किन्छु । मोबाइल टिप्छु र खाँटमा उत्तानो पल्टिन्छु । मोबाइलको स्क्रिन अन नै नगरी थाहा पाउँछु कि नयाँ नोटिफिकेशन आएको छ । मोबाइलले हरियो बत्ती पिलपिल बाल्दै नयाँ नोटिफिकेशन आएको कुरा जो बताइरहेको छ । ‘निकै समय भएको थियो फेसबुक नखोलेको, वाईफाई भेटेबित्तिकै नोटिफिकेशनको ओइरो लाग्यो होला शायद’ म मनमनै सोच्छु । मोबाइल अन गर्छु । हो त रहेछ, फेसबुकमा निकै नोटिफिकेशनहरु आएछन् । पुराना फोटोहरुमा लाइक कमेन्ट आयो होला म मनमनै सोच्छु । आजभोली फेसबुक हेर्दा यस्तो लाग्छ अधिकाँश मान्छेहरु फोटो हेर्न र फोटो हाल्नकै लागि मात्र चलाउँछन् फेसबुक । फोटो हाल्यो कि भटाभट लाइक कमेन्टहरु आउँछन् तर केही स्ट्याटस र आर्टिकलहरु हाल्यो कि कसैले वास्तै गर्दैनन् । शायद मान्छेहरुलाई यस्तो लाग्दो हो कि त्यो पढ्नु र लाइक गर्नु समयको बर्वादी मात्र हो । म अल्छी मानीमानी फेसबुक खोल्छु । नोटिफिकेशन ट्याबमा सन्ताउन्ना वटा नोटिफिकेशन देखाउँछ । हँ ! नोटिफेकेशन आउँछ त्यो त सामान्य हो तर त्यति धेरै? आफैलाई अचम्म लाग्छ ।

म हतारहतार नोटिफिकेशन आइकनमा थिच्छु । सरासर स्क्रोल गर्छु अचम्म अधिकाँस नोटिफिकेशनहरु त बसन्ती कै हुन्छ । म ‘म्यासेन्जरमा आएको नयाँ म्यासेज पनि कतै उनकै त होइन?’ सोच्दै म्यासेन्जर खोल्छु । हो त रहेछ । नयाँ म्यासेज उनकै रहेछ । म पढ्न थाल्छु ।

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
हाइ मुस्कान जी !👋

घर पुग्नुभयो? ए सरी कोठा पुग्नुभयो? आजै घरबाट आएकोले होला मेरो मुख मै ‘घर’ शब्द आइरहेको छ आज । तपाइलाई थाहा छ; अघि ममीले फोन गर्नुभएको थियो । ‘कहाँ पुगिस तँ?’ भनेर सोध्नुहुँदा मैले त ‘घर पुगिसकेँ ममी’ भनेछु । ममीले त ‘तैँले घर चाहि कहिले बनाइस् हौ ?’ भन्दै जिस्काउनु भयो । अनि मैले पनि सच्याएर ‘कोठा पुगिसकेँ’ भने अनि हाँस्यौं । मेरो हावा गफ पो सुनाउन थालेछु दिक्क लाग्यो होला है तपाइलाई?

अब तपाइले थाहा पाइसक्नुभयो म त अघि नै आइपुगेँ कोठा भन्ने कुरा । कोठा आइपुगे बित्तिकै तपाँइलाई कल गरौं कि भनेर निकैबेर सोचेँ, मोबाइल निकालेँ । तपाइको नम्बर खोलेँ अनि सोचिबसेँ । दिदीले ‘के हेर्दैछस् त्यसरी मोबाइलमा ट्वालल्ल परेर?’ भन्नु भएसी पो झसंग भएँ म त । अनि ‘केहि होइन’ भन्दै मोबाइल बेड माथी फालेँ र नुहाउन पसेँ । तपाइले कल गर्नुहोला र दिदीले उठाउनु होला, अनि तपाइले उहाँलाई नै मलाई सम्झेर बोल्नुहोला भनेर निकै चिन्ता लाग्यो नुहाउँदै गर्दा पनि । अनि हतारहतार नुहाइसकेँ र कपडाहरुलाई एउटा बाल्टिनमै कोचेर कुनामा राखेँ र कोठामा पसेँ । थाहा छ ! आज कपडा त्यसरी छोडेर हतारहतार भित्र आएको देखेर दिदीपनि छक्क पर्नुभयो । आजभन्दा पहिले कहिल्यै पनि मैले त्यसरी नुहाएर आफ्नो कपडाहरु बाथरुममै छोडेकै थिइन । नुहाउँदै गर्दा तपाइले फोन गर्नुभयो भने के बोल्ने होला भनेर पनि निकैबेर सोचिरहेँ । आज दिनभरी बाटोमा हामीले त्यति धेरै कुराहरु गरेका थियौं त है ? फेरी किन जिन्दगीमा पहिलोपटक बोल्न लागेजस्तो तपाइसँग फोनमा के बोल्ने होला भन्दै सोचेँ मैले?

मोबाइलमा निकै आशा लिएर हात लगाएँ । तर अहँ केही पनि थिएन तपाइँको । एकाएक निराश भएँ म । खोइ के को आशा थियो त्यस्तो कुन्नी म निराशा हुनलाई ? तपाइँ र मेरो सम्बन्ध के को हो ? एउटा बाटोमा भेटिएर बोटोमै छुटिने यात्रीको? पहिलो पटक भेटेर जोडिएको एउटा मित्रताको ? हो त, त्यो भन्दा अरु त के हुन सक्छ र होइन ? तर किन यति धेरै व्यग्रता छ त मेरो मनमा त्यसो हो भने ? थाहा छ; मेरो पहिले निकै वटा अफेयर पनि चलेको थियो । तर यस्तो व्यग्रताको अनुभव त कुनै अफेयरमा हुँदा पनि भएन । तर खोइ किन आज यस्तो हुँदैछ ?

म किन भनिरहेको छु तपाइँलाई यि सब कुराहरु ? आफैलाई थाहा छैन । होला तपाइले मेरो यो म्यासेज हेर्नु पनि नहोला, हुनसक्छ हेर्नुहोला तर पढ्नु नहोला, हुनसक्छ पढ्दापढ्दै अल्छी लागेर डिलिट गर्नुहोला अनि यो पनि हुनसक्छ कि यो केटी पागल रै’छे सोचेर ब्लक गर्नुहोला सबैतिरबाट । तर मुस्कान जी, म यस्तै छु हेर्नु न मनमा लागेको कुरा रोक्न खोज्दाखोज्दै पनि नभनी बस्नै सक्दिन ।

निकै बेर तपाइँको फोन म्यासेजको आशा गरेर मोबाइलको स्क्रिन हेरिरहेँ तर अहँ आएन । सोचेँ अब तपाइँको कोठा त्यति धेरै टाढा छ पुग्न समय लाग्ला । साँझसम्ममा गर्नुहोला । तर अहँ निकैबेर कुर्दा पनि तपाइँको फोन म्यासेज केही पनि नआएपछि आफै फेसबुक खोलेँ, तपाइको नाम सर्च गरेँ । थाहा छ तपाइलाई; तपाइको नाम सर्च गर्दा त केटीहरुको मात्र पो देखाउँछ त अकाउन्ट त हि हि …..। तर मैले निकैबेर सर्च गरेर पनि तपाइको अकाउन्ट फेला पारेरै छोडेँ । रियलमा भन्दा निकै ह्याण्डसम देखिने फोटो राख्नुभएको रहेछ प्रोफाइलमा । तर यसको मतलब रियलमा ह्याण्डसम हुनुहुन्न भन्न खोजेको चाहि कदापी होइन है । तपाइको अकाउन्ट खोलेर फोटोहरुमा लाइक गर्दै बसेँ । तै पनि तपाईको केही नआएपछि आफूलाई रोक्नै नसकेर यो म्यासेज गरिरहेको छु ।

तपाइँलाई थाहा छ, मसँग यस्ता अझै अनगिन्ती कुराहरु छन् तपाइँलाई सुनाउनपर्ने अझ यसो भनौं मलाई सुनाउन मन लागेका । तर भो अहिलेलाई यति मात्रै सुनाउँछु । यति नै कुराहरु पनि काफी छन् मलाई आधी पागल सम्झाउनलाई । सबै सुनाउन थाल्यो भने पुरै पागल सोच्नुहोला हा हा… । खैर केहि कुराहरु सुनाउँन बाँकि राख्यो भने, तपाइँले सुन्नलाई इच्छा गर्नुहोला र मसँग बोल्नुहोला भन्ने आशा पनि त थपिन्छ नी । सबै मनका कुराहरु सुनायो भने त सुन्न नै केही बाँकी छैन यो पागल केटीको अब त किन बोल्ने योसँग भन्नुहोला । फेरी पछि बोल्यौं भने पनि त म के सुनाउनु तपाइलाई?

ओके मुस्कान जी । पागल सोच्नुभो होला है मलाई ? म पागलनै चाहि छुइन है वश यस्तै छु हि हि😂😂 । मिसिङ यू सो मच, आइ डन्ट नो ह्वाई ?🤔🙂🙂
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

म्यासेज पढिसकेँ । म आफै यति अचम्ममा परेँ कि त्यति अचम्म त कुनै समय भ्यालेन्टाइन डे मा दुइदिन अगाडी मात्र बोलेको केटीले प्रपोज गर्दा पनि लागेको थिएन । म पनि अघि भर्खर नुहाइरहँदासम्म बाथरुमबाट निस्किए बित्तिकै फोन गर्छु भन्ने सोच्दै थिएँ । तर अब मलाई फोन डायल गर्नै मन लागेन खोइ किन हो? शायद ‘अगुल्ठोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भनेजस्तै भएर पो होला कि ? पहिल्यै मसँग यस्तो एउटा घटना घटेको छ कि त्यसबेला देखि मेरो दिमागमा एउटा कुराले जरा गाँडेर बसेको छ; ‘वास्तवमा संसारमा निश्वार्थ प्रेम हुँदैहुँदैन । वश जहाँ दुइजनाको स्वर्थ मिल्छ त्यहि प्रेम हुन्छ । अनि जब कुनै एकको स्वर्थ पुरा हु छोड्छ प्रेम सकिन्छ त्यहिँ ।’

म किनकिन प्रेमको नामैदेखी डराउँछु । के गरौँ के नगरौँको दोधारमा निकैबेर रुमलिन्छु । फोन डायल गर्छु तर तत्कालै फेरी काटिदिन्छु । अघि भर्खर सम्म अचाक्ली तिर्खा लागेको थियो र खोला तिर दौडिने भरमग्दुर प्रयास पनि गरिरहेको थिएँ तर जब अहिले आएर खोला आफै आँगनमा आईपुग्यो म भाग्न खोजिरहेको छु । थाहा छैन किन? शायद आफ्नो तिर्खा मेट्न खोज्दा खोलाले बगाउने डरले पो हो की ?

फेसबुकको टाइमलाइनलाई तल-माथी स्क्रोल गरिबस्छु । के गरौँ के नगरौँ मनमा चलिरहन्छ निरन्तर । साँझ पर्नै लागेको हुन्छ । म खाना पकाऊँ कि नपकाउँको दोधारमा फेरी फस्छु । खाना नपकाऊँ, यो खन्चुवा मुखको भरै हुन्न कतिबेला खान माग्छ । पकाऊँ, एक त अल्छि लागिरहेको छ राम्रैगरी, अर्को तत्काललाई भने केही खाने मन पनि छैन । ‘पकाउनु त पर्छ हेर केटा, खान मन लागे खालास् नत्र भोली त्यही तताएर खालास् ।’ मनले भन्छ । म बाहिर निस्कन्छु तरकारी लिनलाई अझ यसो भनौं चिकेन लिनलाई । म सोच्न थाल्छु, ‘अर्काको ज्यान मारेर खान पाउँदा हामी खुसी हुन्छौं, उनिहरुलाई पनि त हामीलाई झैँ आफ्नो ज्यानको माया लाग्दो हो नी ! तर किन हामी त्यस्तो कहिल्यै सोच्दैनौं ?’

‘भाई के राखौँ तपाइलाई ?’ मासु पसलको दाइ सोध्नुहुन्छ ।

पसलमा माछा, कुखुरा र खसीको मासु राखिएको छ । ‘चिकेन राखिदिनुस् न दाई’। म भन्छु ।

‘कति राखिदिऊँ भाई ?’ उहाँ सोध्नुहुन्छ ।

‘आधा केजी राखिदिनुस् न । एकजना मात्रै छु त्यो पनि बढी हुन्छ ।’ म भन्छु ।

‘आ भाई यतिको उमेरमा त खाइन्छ हौ, म त तपाइको उमेरमा एक केजी बँगुरको मासु एक्लै खान्थेँ ।’ उहाँ भन्नुहुन्छ ।

म हाँसिदिन्छु । हाँसोको अर्थ बुझ्ने भए उहाँले बुझ्नुहुन्थ्यो होला त्यो हाँसोमा मेरो अविश्वास पनि लुकेको थियो भन्ने कुरा । गोजीबाट पैसा निकाल्नै लाग्दा फोन आउँछ । ‘बसन्ती जी कलिङ….’ म उठाउँदिन । फेरी आउँछ फोन फेरी ‘बसन्ती जी कलिङ….’ म फेरी पनि उठाउँदिन ।

कोठामा आएर डायमण्डको निकै पुरानो प्रेसर कुकरमा खाना बसाउँछु । चामल यति थोरै छ कि कुकर पनि सोच्दो हो, ‘बित्थामा यसले मलाई आगोमाथी सेक्दैछ’ । खाना बसाईसकेपछि म मोबाइल समाउँछु र बेडमा ढल्किन्छु । अनयासै फोन डायल गर्न पुग्छ मेरो बुढी औंला । शायद दिमागको कुरा नसुनेर मनको कुरा सुनेको हुँदो हो त्यसले । दिमागले फोन नगर भनेतापनि मनले त गरिहाल् अहिल्यै भनिरहेको जो थियो । फोन काट्न खोज्छु तर फोनमा त रिङगिङ पो देखाउँछ । हतार हतार कानमा टाँस्छु । रिङ गइरहेको छ । फोन निकै बेर पछि उठ्छ, ‘हेलो’ ।

‘नमस्कार..’ म पहिलो पटक बोल्दा प्राय सबैलाई नमस्कार भनेर बोलाउछुँ ।

‘ए नमस्कार पो?’ उनी अलिकती हाँस्छिन् ।

‘नगरे पनि हुन्छ ।’ म भन्छु ।

‘त्यहि सोचेर मैले पनि गरिन’ उनि हाँस्छिन् ।

‘अनि के गर्दै हुनुहुन्छ?’

‘म त तपाइलाई नै सम्झिदैँ बसिरहेको छु ।’ कति सजिलै भन्छिन् ऊनी ।

‘हो र ? अनि कसरी त्यस्तो भयो त?’ म सोध्छु ।

‘मैले आफैले आफैलाई पनि यो प्रश्न त निकैपटक सोधिसँकेँ ।’ उनि भन्छिन् ।

‘अनि के आयो त जवाफ ?’ म सोध्छु ।

‘थाहा छैन ।’ उनी हाँस्छिन् । ‘अनि तपाई के गर्दै हुनुहुन्छ ?’

‘म त खाना बनाउँदै छु, के गर्नु आफू त खन्चुवा मान्छे ।’ म भन्छु ।

‘अनि आफै?’ उनी सोध्छिन् ।

‘हो त के गर्नु खाना बनाइदिने कोही पनि भएनन् जिन्दगीमा ।’ म जिस्किन खोज्छु ।

‘मीठो पकाउँछु है म, तपाइले चाहानुभयो भने तपाइलाई पनि म पकाइदिन सक्छु ।’ उनि हाँस्छिन् ।

‘लौ न अहिले नै पो चाहिएको छ हौ त्यस्तो मान्छे, अल्छी पनि लागिरहेको छ अनि मीठो पनि खान मन लागिरहेको छ ।’ म भन्छु र हामी हाँस्छौं ।

थाहा छैन अघि भर्खरै सम्म टाढा हुन खोजिरहेको म अहिले कसरी यस्तो जिस्किँदै बोलिरहेको छु । भनिन्छ नी चुम्बकदेखी जति टाढिन खोजेपनि फलाम चुम्बक नजिक भएपछि टाँसिन थालिहाल्छ । शायद म फलाम पो भएँकी भर्खरै, उनी चुम्बक भएबित्तिकै हगी?

‘तपाइले मेरो म्यासेज पढ्नुभयो ?’ मैले पढिसकेको थाहा पाएर पनि शायद मेरो मुखबाटै पढिसकेँ भन्ने उत्तर सुन्न चाहेर यो प्रश्न सोधेकी होलिन् । या यो पनि हुन सक्छ कि उनले भनेझैं म्यैसेज खोली त दिएँ तर अल्छी लागेर नपढीकनै छोडिदिएँ ।

‘पढेँ त एउटै अक्षर पनि नछोडी सबै ।’ म भन्छु ।

‘अनि म्यसेज पढेपछि जवाफ दिनुपर्छ भन्ने थाहा छैन तपाइलाई ?’ उनी हाँस्छिन् ।

‘हिजोसम्म थाहा थियो आज तपाइसँग भेट भएपछि सबैकुरा बिर्सेछु जस्तो छ’ म भन्छु ।

‘नचाहिँदो कुरा । तपाँइ त एक नम्बरको गफाडी हुनुहुँदो रहेछ ।’ उनि भन्छिन् ।

‘मैले त दुइ नम्बरमा पो गन्दै थिएँ त आफैलाई त ।’ म भन्छु ।

‘अनि एक नम्बर गफाडी चाही?’ उनी सोध्छिन् ।

‘तपाई ।’ म एक शब्दमा उत्तर दिन्छु ।

‘गफाडी..’ ।

‘हो पो त, अघि तपाइँको म्यासेजमा ‘मुस्कान जी’ लेखेको देख्दा त ‘मुस्कान’ भन्ने को रहेछ जस्तो लाग्यो एकछिन् त साँच्चै ।’ म जिस्किन्छु ।

‘मलाई पनि ‘मुस्कान जी’ टाइप गर्दा कुनै केटीलाई म्यासेज टाइप गरेजस्तो लाग्यो ।’ उनी पनि के कम ।

‘भो अब धेरै हावा गफ नहानुम् हौ पहिलो दिनमै । धेरै हावा हावा कुरा गर्दा, हावाले हाम्रो मित्रता सुरु नै नभई उडाउला फेरी ।’ केहिबेर यस्तै गफ गर्दै जाने हो भने आफ्नै इज्जत धरापमा पर्ने देखेर म कुरा मोड्छु ।

उनी हाँस्छिन् ।

‘तपाइको ब्यालेन्स सकिन लाग्यो होला बरु हामी भेट्न मिल्छ नी होइन?’ उनी सोध्छिन् ।

‘किन भेट्ने नी, कामै त केहि छैन ?’ म उल्टो भाउ खोज्दैछु । उनको म प्रतिको झुकाव देखेर होला शायद । उनको म्यासेजहरु केहिबेर नआइदिएको भए म यहि वाक्यहरु उनलाई भनिरहेको हुन्थे होला अनि उनले यसैगरी नखरा गरिरहेकी हुँदी हो ।

‘मेरो बाँकी कुराहरु सुनाउनु छ नी तपाइलाई । म्यासेजमा भनेको थिएँ नी त मैले ।’ ऊनी भन्छिन् ।

‘तर मैले किन सुन्ने तपाइको कुरा ?’ म अझ जिस्काउँछु ।

‘किनकी मेरो कुराहरु सुनाउन मन लागेको एकमात्र मान्छे तपाइँ हुनुहुन्छ नी त अहिलेलाई ।’ ऊनी भन्छिन् ।

निकै भावुकता भरिएको आवाज हुन्छ त्यो । म फोनबाटै अनुभव गर्न सक्छु । अब जिस्कन मन लाग्दैन ।

‘हुन्छ तर कहिले र कहाँ?’ म सोध्छु ।

‘भोली फुर्सद हुनुहुन्छ?’ ऊनी सोध्छिन् ।

‘फुर्सद त म कहिल्यै पनि हुँदिन ।’ जिस्कन्न भन्दाभन्दै फेरी मुखबाट शब्दहरु खुस्किहाल्छन् ।

‘त्यसो भए भोली नै भेटौँ न त । तपाइको फुर्सद नै नहुने रहेछ, हुने भए त त्यही फुर्सदको समयमा भेट्न हुन्थ्यो । कहिल्यै फुर्सद नहुने भएपछि भोली नै भेटौँ ।’ हि हि हि.. उनी हाँस्छिन् ।

‘हुन्छ तर कहाँ ?’ म सोध्छु ।

‘समय मैले भनेको नै हुने भएपछि ठाउँ तपाइले भन्नुभएकै होस् । बराबर हुन्छ । अहिले देखि नै म तपाइँको हक कब्जा गर्दिन ।’ ऊनी भन्छिन् ।

‘भनेपछि पछि चाहि कब्जा गर्नुहुन्छ?’ म जिस्कन्छु ।

‘जे पनि हुन सक्छ, भविष्य कसले पो देखेको हुन्छ र?’ हिहिहि.. ऊनी फेरी हाँस्छिन् ।

‘ओके अब भोली नै कुरा गरौं है त ..’ म फोन राख्ने मनशायले यस्तो भन्छु ।

‘ब्यालेन्स सकियो? म ट्रान्सफर गरिदिऊँ ?’ उनि सोध्छिन् ।

‘भोक लाग्यो, पठाइदिनुहुन्छ तपाइको हातको मिठो तरकारी?’ म हाँस्छु ।

‘ए सरी, ओके बाई । अनि साँच्ची भेट्ने चाहि कहाँ नी ?’ ऊनि सोध्छिन् ।

‘एप्पल क्याफे, चाबहिल । बिहान दश बजे ।’

‘डन । ओके बाई !’

‘ओके बाईबाई !’

म मोबाइल हेरिरहन्छु । चार पाँच सेकेण्ड जाँदासम्म पनि उनले फोन नकाटे पछि म आफै काट्छु ।

……………………………………………https://m.facebook.com/muskan.bahing

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्