Logo

पिएसजी र बेलग्रेडबीचको खेलमा म्याच फिक्सिङको आशंका


एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र सर्बियाको रेड स्टार बेलग्रेड क्लबबीचको खेलमा म्याच फिक्सिङ भएको आशंका गरिएको छ ।

दुई साता अघि भएको खेलमा पिएसजीले बेलग्रेडलाई  ६ – १ गोल अन्तरले हराएको थियो । नेयमारले ह्याट्रिक गरेपछि पीएसजीले फराकिलो जित निकालेको थियो ।

यस्तै पीएसजीका लागि थप गोल एडिनसन काभानी, एन्जल दि मारिया र केलियन एमबाप्पेले एक एक गोल गरे । बेलग्रेडका मार्को मारिनले एक गोल फर्काए ।

उक्त फराकिलो जितमा फ्रेन्च पदाधिकारीहरुले खेलमा मिलोमतो भएको आरोप लगाएको छ । उनीहरुले खेलमा फराकिलो जितका लागि ५ मिलियन युरोको मिलेमतो भएको बताएका छन् ।

फ्रेन्च अधिकारीले यस बिषयमा अनुसन्धान सुरु गरेको बीबीसीले जनाएको छ । फ्रेन्च नेसनल फाइनान्स पोसेक्यूटरले छानबिन गरिरहेको जनाईको छ ।

बेलग्रेडले यस बिषयमा प्रेस विज्ञप्ति निकाल्दै यस्तो घृणित कार्य हुनै नसक्ने बताएको छ । यस्तै पिएसजीले यस बिषयमा आफुहरुलाई अचम्मित र अपमान तुल्याएको बताएको छ ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्