१ नं. प्रदेशका भाग्यमानी यि ७० गाउँपालिका
प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र’ कार्यक्रम अन्तर्गत १४ जिल्लाका ७० गाउँपालिकाहरुलाई एम्बुलेन्स उपलब्द गराउने भएको छ । विपद, स्वास्थ, सुरक्षा सेवालाई एकसाथ प्रत्येक स्थानिय तहमा संचालन गर्ने ‘मुख्यमन्त्री अत्यावश्यक सेवा’ कार्यक्रम अन्तर्गत पहिलो चरणमा ० गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागेको हो ।
मन्त्रालयले दिएको जानकारी अनुसार सडक पहुँच पुगेका पहिलो चरणमा ७० वटा गाउँपालिकामा प्रदेश सरकारको लोगो अंकित एकै रंगका ७० वटा एम्बुलेन्स वितरण गरिने छ । पाँच बर्षभित्र सबै गाउँपालिकाहरुमा यस्तो सेवा पु¥याउने गरि काम थालिएको आन्तरिक मामिला तथा कानुनमन्त्रिको सचिवालयका रवि खनालले जानकारी दिए । त्यसका लागि गाडी खरिदको प्रक्रिया श्ुरु भइसकेको छ । कागजी प्रक्रिया पुरा गरेर, भन्सार छुटगरि आगामी पुस महिनाभित्र सबै गाउँपालिका प्रमुखहरुलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरिने उनले जानकारी दिए । त्यसका लागि प्रदेश सरकारले १२ करोड बजेट विनियोजन गरेको छ । ती एम्बुलेन्स फागुनसम्ममा वितरण गरिने छ । ७० वटै गाउँपालिकाका अध्यक्षहरुलाई एकैसाथ बोलाएर चावी हस्तान्तरण गर्ने आन्तरिक मामिला मन्त्रलायले योजना बनाएको छ ।
एम्बुलेन्स वितरणसँगै सुरक्षाका पूर्वाधार तयार गर्न बारुणयन्त्र, प्राथामिक उपचारका सामाग्रीलगायत प्राकृतिक विपत पर्दा आवश्यक सामाग्रीसमेत वितरण गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीले जानकारी दिए । पहिलो चरणमा पाईलोटिङका लागि तराई भित्री मधेश र पहाडका तीन गाउँपालिकाहरुलाई छनौट गरेको छ । झापाको कमल गाउँपालिकालाई छनौट गरिएको छ । भित्री मधेशको उदयपुरको विकट गाउँपालिका र पहाडी जिल्लाको भोजपुरको आमचोक गाउँपालिकालाई छनौट गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ । यि ती गाउँपालिकामा विपतका अत्यावश्यक सबै सामाग्री प्रदेश सरकारले व्यवस्थापन गर्ने छ ।