प्रदेशको नाम र राजधानिमा उच्च राजनीतिक समझदारी छ : मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा उन्नत राजनीतिक समझदारी रहेको बताउनु भएको छ । प्रदेशसभाको दोस्रो अधिवेशन समापन बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताउनु भएको हो ।
हाम्रो प्रदेशमा राजनीतिक समझदारी, सुझबुझ रहेको तथा प्रदेशसभा सदस्यमा उत्तरदायी र दायित्व बढेको उहाँले स्पष्ट गर्नुभयो ।
उहांँले प्रदेश संरचनामा अनुभव र अभ्यास पहिलो भए पनि प्रदेशसभाले उल्लेखनीय काम गरेको बताउनुभयो ।
मुख्यमन्त्री राईले प्रदेशसभाको तेस्रो अधिवेशनको शुरुमै राजधानी र नामकरण टुङ्गो लगाइने बताउनुभयो । प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ ।
बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिनुभयो ।