Logo

नेशनल बक्स अफिस म्युजिक अवार्ड सम्पन्न – पूजाले जितिन दुई विधामा अवार्ड


-एपि लिम्बु

भर्खरै थाइल्यान्ड र सिंगापुरको सामुन्द्रीक सिमानामा एक भव्य समारोहका बीच सम्पन्न नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड -२०१८ मा गायिका पूजा सुनुवारले दुई विधामा अवार्ड हातपारेकी छिन्।

बक्स अफिस ईन्टरनेशनल ग्रुप द्वारा प्रस्तुत गिनिज बूक वर्ल्ड रेकर्डधारी उक्त अवार्ड समारोह पानी माथी सामुन्द्रीक जहाज (Cruise) भित्र सयौं कलाकर्मी,केही पत्रकार र समाजका अन्य लब्ध प्रतिष्ठित ब्याक्तित्वहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

अवार्ड समारोहमा सहभागी हुन् झण्डै सयौंको संख्यामा थाइल्यान्ड हुँदै सिंगापुर सम्म पुगेको विभिन्न विधाका कलाकारहरु संगै त्यहाँ पुगेकी गायिका पूजा सुनुवारले यस अघिनै ओएस नेपाल म्युजिक अवार्ड हत्याईसकेको चर्चित गीत “काठमाडौ शहर…” बाट आधुनिक गायन विधामा सर्वोत्कृष्ट गायिकाको अवार्ड जितेकी छिन्।

लोकप्रिय पब्लिक भोट र जुरि मुल्यांकन दुबैलाई आधार बनाईएको उक्त अवार्डमा आफ्नो विधामा अन्जु पन्त, मिलन अमात्य र सत्यकला राई जस्ता चर्चित नामहरुलाई पाखा लगाउदै पूजाले बाजि मारेकी हुन् ।

त्यसैगरी गायिका सुनुवारले नेवारी गीत बाट नेपाल भाषा (नेवारी) गीतको सर्वोत्कृष्ट गायिकाको विधामा पनि बाजि मारेकी छिन्। गैर नेवार समुदायको गायिका पूजाले टपटेन नोमिनिज अरु चर्चित प्रतिस्पर्धिहरु लाई पाखा लगाउदै “तिमिला या ज…” बोलको गीत बाट उक्त अवार्ड हात पारेकी हुन् ।

अस्ति असोज २० गते शनिबार साँझ अबेर गरि शुरु भएर मध्यरात सम्म चलेको उक्त अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट आधुनिक गायकमा पुष्कर सुनुवार,सर्वोत्कृष्ट सम्पादकमा निशान घिमिरे,सर्वोत्कृष्ट गीतकारमा डि. पि. खनाल,सर्वोत्कृष्ट गायक पब्लिक च्वाईसमा चिरञ्जीवी भण्डारी र युगल गायनमा टीका प्रसाईं लगायतले अवार्ड हत्याएका थिए ।

त्यसैगरी कार्यक्रममा फोटोग्राफिका लागि टोलि संग सिंगापुर पुगेका वरिष्ठ फोटोग्राफर च्याङ्वा लामालाई लोकप्रिय फोटोग्राफरको अवार्ड प्रदान गरिएको थियो भने रिपोर्टिङको लागि टोलिमा आबद्ध हुँदै त्यहाँ पुगेका अर्का व्यक्तित्व मिडिया पर्शन कृष्ण सुनुवारलाई पनि मायाको चिनो द्वारा सम्मानित गरिएको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्