अन्तर्राष्टिय मजदूर आन्दोलनहरु एक चर्चा
-राजन तिमल्सिना
काठमाण्डौ- बेलायतमा घरेलु र सिल्पकार उद्योगको ठाउँ आधुनिक औद्योगिकीकरणले लिएसंगै ठूल्ठूला मेशिनको प्रयोग हुन थाल्यो । औद्योगिकीकरणको विकाससंगै मजदूरहरको बिशाल पंक्ति एकैठाउँमा एकीकृत हुनपुग्यो जसको कारण आफूमाथी भएको शोषण र उत्पीडनबाट मुक्ति पाउन एकआपसमा मिलेर संगठन गर्न थाले । मेशिनको प्रयोगबाट हजारौ मजदूरहरु विस्थापित भई रोजगारी गुमाउन पुगेपछि लुडाइट मजदूर संघले मेशिनलाई आफ्नो मूख्य शत्रू सम्झे ।
जसको कारण उनीहरुले मेसिन फोड्ने र मेशिनमा आगो लगाइ मेशिन फोड आन्दोलनको शुरुवात गरेका थिए । बेलायतको पूँजिवादी संसदले मजदूर विरोधी ऐन बनाएर मेसिन फोड आन्दोलनका १४ जना मजदूर नेताहरुलाई फाँसि दियो । पूँजीवादी सरकारले मजदूरहरुको माग सम्बोधन गर्नुको साटो उल्टै उनहिरुमाथी भिषण दमन र गिरफ्तारी समेत बढायो । राज्यले भएभरको बल प्रयोग गरी आफ्नो निर्दयी र अमानवीय तरिकाले उक्त आन्दोलनमाथि दमन गर्यो, जसको कारण आन्दोलनले सफलता पाउन सकेन ।
लुडाइट मजदूर आन्दोलन असफल हुनको कारण मध्ये अनुभव विहिन मजदूर संगठनले क्रान्तिकारी राजनीतिक पार्टीको अभावमा पूँजिवादी सरकार नै मजदूरबर्गको मुख्य शत्रु हो र मेसिन होइन भन्ने कुरालाई बुझ्नु सकेनन । यस आन्दोलनको नेतृत्व लुडाइट नामका नेताले गरेका थिए, जसको नामबाट लुडाइट मेशिन फोड आन्दोलन नाम रहन गएको थियो । लियोन विद्रोह सन् १८३१ मा फ्रान्सको लियोन शहरमा कपडा बुन्ने ३० हजार जुलाहा मजदूरहरुले ज्याला बढाउन र रोजगारीको ग्यारेन्टीको लागि गरेको आन्दोलन हो ।
पुलिस, प्रशासनको दमनको बाबजुद सशक्त मजदूर आन्दोलनबाट लियों शहरलाई १० दिनसम्म नियन्त्रणमा लिन मजदूर सफल भएका थिए । तर आफ्नो राजनीतिक पार्टी नभएको र सरकार चलाउने अनुभवको कमिका कारण पून सरकारी पल्टन लियोंन शहरभित्र पसि कब्जा गर्न सफल भयो । दोस्रो विद्रोह १८३४, क्रान्तिकारी पूँजिपति वर्ग, जो राजालाई गद्दीबाट हटाई पूँजिवादी गणतन्त्र चाहान्थे र मजदूर मिलेर पून लियोन सहर कब्जामा लिए । तत्कालिन फ्रान्सका राजा लुई फिलिप अत्याचारी शासकले पेरिसबाट पल्टन पठाएर रगतको खोला बगाई यस विद्रोहलाई पनि दबाई छाड्यो। सन् १८३१ र १८३४ को लियोन विद्रोहले मजदूरबर्ग एक राजनीतिक शक्ति हो भन्ने देखाईदियो । यद्यपि यसको संगठित राजनीतिक पार्टी र आफ्नो लड्ने उद्देश्य प्रष्ट नहुँदा यसले आफ्ना उदेश्य र कार्यभार पूरा गर्न सकेन ।
अन्ततः मजदूरवर्गले क्रान्तिकोे नेतृत्व नलिएसम्म र त्यहीबाट क्रान्तिकारी नेतृत्व नजन्मिएसम्म विजयसम्म र क्रान्तिकारी विचारद्वारा लैस नभएसम्म क्रान्तिलाई विजयसम्म लैजान सकिदैन भन्ने कुरा आन्दोलनले पुष्टी गर्यो।
विश्व प्रशिद्ध चार्टिष्ट आन्दोलन बेलायतका मजदूरहरुले चुनावमा भाग लिन पाउनु पर्ने लगायतका ४ सूत्रीय माग राखेर शुर भएकाे थियाे । यस आन्दोलनले सन् १८३९–४० मा १२ लाख श्रमिकहरुको हस्ताक्षर गराएर संसदमा पेश गरेका थिए । चार्टिष्ट आन्दोलनका नेताहरुले आफ्ना माग पूरा गराउन पून सन् १८४२ मा ३० लाख मानिसको हस्ताक्षर गराइ उक्त हस्तक्षरलाई ठूलो बाकसमा राखि २० जवान मजदूरहरुले बोकी हजारौंको जुलुश सहित संसदमा बुझाउन गए, तर संसदले बुझ्न मानेन । जसको कारण मजदूरले आफ्ना ४ सूत्रीय माग सहित देशैभरी हड्ताल गरे, हड्ताल गर्नेलाई सरकारले पक्राउ गरेर मुद्दा चलायो र आन्दोलन विस्तारै सेलायो । मजदूरहरुको संगठन सुदृढ र सशक्त नहुनु, मजदूर वर्गीय राजनीतिक पार्टीको अभाव हुनु आदि कारणले आन्दोलन शिथिल बन्न पुग्यो ।
सन् १८४४ मा जर्मनमा रहेको सिलेसियाली प्रान्तमा अनगिन्ती कपडा कारखानाहरु थिए, त्यहाँ काम गर्ने मजदूरहरु बेलायतबाट आयतित कपडाको कारण काम र पैसा नपाई भोकै र बेकाम भएका थिए । बेरोजगार मजदूरको हड्ताल र बिरोध प्रर्दशनले पूँजीपतिहरु र पूँजीवादी सरकार मजदूरमाथी दमन गर्ने रणनीति बुन्दै थिए । त्यसबीचमा ज्वानजिगर भन्ने ठूलो कपडा उद्योगको मालिकको विरोध गर्ने एक जना मजदूरलाई उसको नोकरले कुटेको कुटेर घाइते बनायो । यसरी मजदूरमाथि भएको दमनले र ज्वानीगरको अन्यायको विरुद्ध सारा मजदुर किसानहरु एकजुट भई उसको घर र कारखानामा गई भौतिक सामग्री ध्वस्त पार्ने र उसको किर्ते तमसुक च्यात्ने काम गरेका थिए । जसको कारण सरकारले ४ वटा तोप र ४ पल्टन सेना पठाएर मजदूरमाथि चरम दमन गरी १२ मजदूरहरुको हत्या गर्यो, र दर्जजौं मजदूरलाई घाइते बनायो । त्यस समयमा बेरोजगारी र राज्यआतंकको मारले कयौं मजदूरहरुले ज्यान गुमाउनु पर्यो ।
१८४२ मा वेलायतको पूँजीवादी सरकारले दबाइएको मागपत्र आन्दोलन फेरि ५० लाख मजदूरको हस्ताक्षर र ५ लाखको जुलुश सहित वेलायतको संसदमा पुर्याएपछि पूँजिपतिवर्गको सरकारले डराएर षड्यन्त्र स्वरुप शान्तिपूर्ण तरिकाले निवेदन संसदमा बुझी उनीहरुका माग लत्याई दिने षडयन्त्रकारी कदम चाल्यो । उक्त प्रदर्शनको मूख्य संगठनकर्ता ओकोनोर दुश्मनको शक्तिबाट आतंकित भई आत्मासुरक्षावादी बने । उसको आत्मासुरक्षावादीकारण सर्वहारावर्गको भौतिक शक्तिलाई बुझ्न नसक्दा आन्दोलन सेलाउन पुग्यो ।
सन् १८४८ मा फ्रान्समा बेकामीलाई काम र कामको ग्यारेन्टी सरकारले लिनुपर्ने र पूँजिपतिहरुले बन्द रहेका उद्योग खोल्नु पर्ने माग राखीे आन्दोलन गरेका थिए । जुन आन्दोलन पूँजिपति वर्गको सरकारले बिभिन्न प्रोपोगण्डा मच्चाई मजदूर र किसानबीच फाटो ल्यायो, आन्दोलनकारीलाई बलपूर्वक आत्मसमर्पण गर्न लगायो र भिषण हत्या मच्चाएर २६ जुनमा आन्दोलन तुहाइयो ।
जर्मनमा सन् १८४८ को मार्च महिनामा भएको आन्दोलनमा मजदूरहरुले बिशाल उपस्थितिका साथ सक्रिय भूमिका निभाएका थिए । पूँजिपतिवर्गले मात्र क्रान्तिको नेतृत्व गर्न सक्छ भन्ने मनोगत बुझाइका कारण आन्दोलन कमजोर हुन पुग्यो । अन्ततः मजदूरवर्गले क्रान्तिकोे नेतृत्व नलिएसम्म र त्यहीबाट क्रान्तिकारी नेतृत्व नजन्मिएसम्म विजयसम्म र क्रान्तिकारी विचारद्वारा लैस नभएसम्म क्रान्तिलाई विजयसम्म लैजान सकिदैन भन्ने कुरा आन्दोलनले पुष्टी गर्यो।
सन् १८४८ जुन महिनामा पेरिसका मजदूर वर्गले बिद्रोहको नेतृत्व गरेका थिए । त्यसैगरी सन् ३१ अक्टोबर १८७० मा कालिगढहरुले पेरिसको भिले होटल कब्जा गरेका थिए । १८ मार्च १८७१ को दिन पेरिसको मजदूर वर्गको क्रान्तिको दिन १८ मार्च १८७१ मा प्रतिनिधिहरुले पेरिसमा नयाँ सरकारको घोषणा गरे जसको नाम पेरिस कम्युन राखियो । २० मईका दिन १ लाख फ्रान्सेली सेना र भर्सेलीजका शत्रुले पेरिस माथि धवा बोल्यो । २१ मईको दिन शत्रूहरू नगर पसे र मजदूरहरुले त्यसको प्रतिरोध गरिरहे । प्रतिक्रान्तिकारी सरकारको फौजले पेरिसमा घुसेर त्यहाँका मजदूरहरुको निर्ममतापूर्वक दमन गर्यो । त्यसक्रममा झण्डै ३० हजार श्रमिकको हत्या भयो भने ५० हजार भन्दा बढिलाई गिरफ्तारी गर्यो । यसरी २८ मई १८७१ मा पेरिस कम्युनले अन्तिम मोर्चा हार्यो र प्रतिक्रान्ति भयो ।
फ्रान्सको पेरिसमा सर्वहारा क्रान्तिको सफलतापछि गठित मजदूर वर्गको क्रान्तिकारी सरकार सन् १८७१ को १८ मार्चदेखि २८ मे सम्म जम्मा ७२ दिनसम्म सत्त संचालन गर्यो। २० मई देखि २८ मईसम्मको त्यस हप्तालाई रगत बगेको मई हप्ता भनेर चिनिन्छ । २७ मईको दिन हरेक वर्ष पिरे लाचेस सेमेट्रीका मजदूरहरुले एक सम्झना सभा गर्ने गर्दछन् । यसरी पेरिस कम्युनका मजदूरहरुले इतिहासमा नदेखिएको बहादुरी देखाएर लडे र तीन महिनासम्म वीरतापूर्वक रातो झण्डालाई उठाई राखेता पनि केही राजनीति र रणनीति गल्तीले गर्दा पेरिस कम्युनले ठूलो हार बेहर्नु पर्यो ।
रुसमा सन् १८४०–५० सम्म भएको औद्योगिक क्रान्ति र १८७०–८० को दशकमा श्रमिक आन्दोलन र सन् १८७७ मा भएको देश व्यापी रेल मजदुरहरुको हड्ताल १८८६ को ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन, ८ घण्टा आराम र ज्याला बढाउने लगायतका माग राखी भएको मजदूर आन्दोलन १ मई १८८६ देखि आजसम्म पनि मजदूर दिवसको रुपमा विश्वभर मनाईन्छ । १९०४ डिसेम्बरमा बाकुका तेल खानीमा मजदुरहरुका हड्ताल ३ जनवरी १९०५ मा कारखाना मजदूरको हड्ताल भएको थियो । त्यस आन्दोलनलाई राजा निकुलस दोस्रोले ठाडो आदेश दिएर १ हजार भन्दा बढि मजदूर मारिएको मारिएका थिए । त्यो हत्याको आक्रोशमा ४ लाख ४० हजार मजदुरहरुको उपस्थितिमा १९०५ को डिसेम्बर महिनामा रुसको राजधानी मस्कोका ८ हजार सेनाको संगठित र सशस्त्र मजदूरहरुको सानो टुकडीले ९ दिनसम्म जार सरकारको बिरोधमा लडेको इतिहास पाइन्छ ।
सन् १९०५ को रुसी मजदूर आन्दोलन जारशाही सरकारले दबाईएको घोषणा गरेता पनि सन् १९०६ मा १० लाख, सन् १९०७ मा ७ लाख ४० हजार मजदूरहरुले हड्तालमा भाग लिएका थिए । सन् १९१० मा मस्कोमा फेरी मजदुर हड्ताल भयो । १ मई १९१२ मा ४ लाख मजदूरहरुले हड्तालको शुरुवात गरे । सन् १९१२ मा रुसको राजधानी मास्कोमा पूँजिपति बर्गले ५० हजार मजदूरलाई कामबाट निकाली दियो, साथै सन् १९१४ मा पिटसवर्गमा ७० हजार मजदूरलाई कामबाट निकालियो ।
जसको बिरोधमा १९१४ को आधा–आधिसम्ममा १५ लाख मजदूरहरुले हड्तालमा भाग लिए थिए । रुसमा जारशाही सत्ताका विरुद्धमा सन् १९१० देखि १९१४ सम्म १३००० पटक विद्रोह भयो । १९१७ को जनवरीमा पिटसवर्गका मजदूरहरु भोकभोकै मर्न लागेपछि ९ जनवरी १९१७ का दिन फेरी हड्ताल शुरु भयो । यो हड्तालबाट पूँजीपती र जारशाही सत्ताको विरुद्ध जनतामा नकरात्मक सन्देश फैलियो । विश्वको राजनैतिक रंगमञ्चमा मजदूर आन्दोलनको ऐतिहासिक महत्व र परिवर्तनको संवाहक शक्तिको रुपमा आफ्नो नाम स्वर्ण अक्षरले लेख्न सफल भएको छ ।