Logo

साफ फुटबलको उपविजेतालाई ५० हजार दिने


काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले साफ यु–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीका प्रत्येक सदस्यलाई जनही ५० हजार दिने घोषणा गरेको छ ।

भुटानमा भएको प्रतियोगितामा उपविजेता बनेको महिला राष्ट्रिय फुटबल टिमका प्रत्येक सदस्यलाई जनही ५० हजार रुपैयाँ रकम पुरस्कारको घोषणा गरिएको हो ।

प्रतियोगितामा नेपाली टिम बंगलादेशसंग १–० ले पराजित भएको थियो ।

सेमिफाईनलमा भारतलाई हराउदै नेपालले प्रतियोगिताको फाईनलमा स्थान पक्का गरेको थियो । प्रतियोगितामा सहभागि नेपाली महिला टोली भोली बुधबार स्वदेश फर्कदैछ ।

नेपाली टोलि :

गोलकिपर : अन्जना राना मगर, उषा नाथ, कविता राई

डिफेन्डर : निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान,  पुजा राना मगर

मिडफिल्डर : सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, मनिषा राउत,सुहानी कुसुवार, सृजना सिंह ठकुरी, सम्झना लावती

स्ट्राइकर : रश्मी कुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झाना शर्मा

प्रशिक्षक : हरि ओम श्रेष्ठ

सहायक प्रशिक्षक : प्रकास बैद्य

गोलकिपर प्रशिक्षक : अस्मिता खवास

प्रतिक्रिया दिनुहोस्

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्