मन्त्री र केद्रीय सदस्य पदको लागी सांसद रामवीरले बुझाए राजिनामा : बामदेव गौतमलाई उठाइने
काठमाडौंः काठमाडौं निर्वाचन क्षेत्र ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले राजिनामा पत्र बुझाएका छन् ।
पार्टीका बरिष्ठ नेता बामदेव गौतमलाई प्रतिनिधि सभामा पुर्याउन सांसद श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष सोमबार राजिनामा पत्र बुझाएका हुन् ।
काठमाडौं ७ मा उपनिर्वाचन गराएर नेता गौतमलाई उम्मेदवार बनाउनु पर्ने भन्दै सांसद मानन्धरले नेकपा नेतृत्वले आफ्ना तीन वटा शर्त स्वीकार गरेपछि दिएको बताए ।
उनको राजिनामा अध्यक्ष प्रचण्डले नै बोकेर हिजो वेलुका बालुवाटारमा भएको पार्टी सचिवालय बैठकमा गएका थिए, जुन पत्र बैठकमा महासचिव बिष्णु पौडेलले पढेर सबैलाई सुनाएका थिए ।
स्रोतहका अनुसार गौतमलाई काठमाडौं ७ बाट प्रतिनिधि सभामा उठाउने विषयमा पार्टी अध्यक्ष प्रचण्ड, नेता गौतम र सांसद मानन्धरबीच कुराकानी भएपछि यो नयाँ राजनीतिक वातावरण बनेको हो।
प्रचण्ड र गौतमसमक्ष प्रतिनिधि सभा सदस्य पदबाट राजिनामाका लागि मानन्धरले तीन वटा शर्त राखेका थिए। उनले राखेका तीन मागमा– आफुलाई नेकपाको केन्द्रीय सदस्य, राष्ट्रिय सभाको सदस्य र मन्त्री बनाउनु पर्ने छन् ।
प्रचण्ड र गौतमले आफ्ना शर्त पूरा हुने आश्वासन दिएपछि गौतमलाई काठमाडौं ७ छाड्न आफू तयार भएर राजिनामा पत्र पार्टी समक्ष बुझाएको मानन्धरले निकटस्थहरूलाई बताएका छन् ।