Logo

उपत्यकाका तीन प्रहरी वृत्तका प्रमुख फेरिए


काठमाडौं, २२ असोज 
उपत्यकाका तीन प्रहरी वृत्तका प्रमुख फेरिएका छन् । बौद्ध वृत्तमा डिएसपी नरेन्द्र चन्द, थानकोटमा कुमार बिक्रम थापा र सातदोबाटोमा गौतम मिश्रलाई पठाइएको छ ।
बौद्ध वृत्तका डिएसपी श्यामकुमार राई घुससहित पक्राउ परेपछि रिक्त भएको थियो । सातदोबाटो वृत्तका डिएसपी विनोद सिलवालको एक वर्षे कार्यकाल पुगेकाले सरुवा भएको हो । त्यस्तै थानकोट वृत्तका डिएसपी नवरत्न पौडेल शान्ति मिसनमा जान लागेकाले उनको सरुवा भएको छ ।
त्यस्तै ललितपुर परिसरमा डिएसपी अपिल बोहरालाई पठाइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्