Logo

काठमाडौंलाई हराउँदै बिराटनगर सेमिफाइनलमा


इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा जारी प्रथम मेयर कप रात्रिकालिन टि २० क्रिकेट प्रतियोगितामा काठमाडौंलाई हराउँदै बिराटनगर सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति सम्पन्न खेलमा बिराटनगरले काठमाण्डौंलाई ३० रनले पराजित गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरमा १ सय ६६ रन बनाएको थियो । कप्तान अजय राजवंशीको ६२ तथा श्रवण यादवले ३२ रनको इनिङ्स खेलेका थिए ।

१ सय ६७ रनको लक्ष्य सहित मैदान उत्रिएको काठमाडौंले १ सय ३६ रन मात्र बनाउन सक्यो । बिराटनगरका श्रवण यादवले काठमाण्डौंको ४ बिकेट लिए ।

प्रतियोगिता अन्तर्गत आज बेलबारी र काकडभिट्टाबीच प्रतिष्पर्धा हुने छ ।

आगामी २८ गतेसम्म संचालन हुने नाइट टि २० प्रतियोगिताको समुह एमा आयोजक फुलबारी क्रिकेट क्लब इनरुवा,बेलवारी क्रिकेट क्लब बेलवारी, वाई.आर.सि.सि.बिराटनगर, वाई वाई जि.एच.सि.ए.काठमाडौं र हिमाली क्रिकेट क्लब काकडभिट्टा रहेका छन् ।

समुह बीमा बजाज खडक वारियर्स राजबिराज,युनाइटेड क्रिकेट क्लब बिरगंज,धनगढी क्रिकेट एकेडेमी,मेची क्रिकेट क्लब झापा र नेपाल प्रहरी महाराजगन्ज काठमाडौं छन् ।

नकआउट आधार संचालन हुने प्रतियोगिताको उपाधी बिजेताले नगद १ लाख ५१ हजार र उपविजेताले ७५ हजार सहित सिल्ड मेडल तथा प्रमाणपत्र पाउने छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्