इन्टरपोलका अध्यक्षलाई चीन सरकारले किन गर्यो पक्राउ ?
काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका अध्यक्ष मेङ होगवेईलाई चीन सरकारले पक्राउ गरेको छ । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन शहरबाट गत २५ सेप्टेम्बरदेखि बेपत्ता भएका भनिएका मेङलाई चीनमा पक्राउ परेका हुन् ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार चीनले कानुन उल्लंघनको आरोप लगाएको भए पनि त्यसबारे थप स्पष्ट पारेको छैन । केही संचारमाध्यमहरुले पदमा रहँदा भ्रष्टाचार गरेको अारोपमा चीन सरकारले मेङलाई पक्राउ गरेको हो । उनीमाथि छानविन भइरहेको बताइएको छ ।
विश्वभरको प्रहरी संगठनको नेतृत्वकर्ता मेंग इन्टरपोलका लागि दुई पटक प्रमुखमा चयन भएका थिए । मेङ बेपत्ता भएपछि उनकी पत्नीले आफ्ना पतीको जीउज्यानको सुरक्षाको माग गर्दै आएकी थिइन् ।
यसैबीच प्रमुखबाट मेङले राजीनामा दिएको इन्टरपोलले जनाएको छ । उनी सन् २०१६ को नोभेम्बरमा मेंग इन्टरपोलको अध्यक्ष भएका थिए । त्यसअघि उनी चीनमा सामाजिक सुरक्षा उपमन्त्री थिए । गुप्तचर प्रहरीको कामकाज हेर्ने उनको जिम्मेवारी थियो ।
९५ वर्षको इतिहासमा इन्टरपोलको अध्यक्ष बन्ने मेंग पहिलो चिनियाँ नागरिक हुन् ।