Logo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक, मुख्य एजेण्डा बानेश्वर भेला


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।

नेकपाको आइतबार बस्ने भनेको सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्थताको कारणले आज ८ बजेसम्मका लागि सारिएको थियो ।

पार्टीको आन्तरिक एकता र सरकारको कामलाई लिएर तीव्र असन्तुष्टि भइरहेका बेला (नेकपा)को बैठक बसेको हो ।

बैठकमा पार्टीभित्र देखिएका असन्तुष्टि र तल्लोतहका समितिको एकताका विषयमा छलफल हुने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल हुने छ ।

प्रदेश पदाधिकारीको चयन तथा सरकारका कामबारे नेता माधवकुमार नेपालले संसद तथा स्थायी समितिको भेला बोलाएर असन्तुष्टि व्यक्त गरेपछि (नेकपा)भित्र विवाद चुलिएको थियो । अाजको बैठकमा वानेश्वर भेला मुख्य एजेण्ड हुने बताइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्