Logo

नेयमारका छोरा एम्बाप्पेको फ्यान


एजेन्सी । विश्व फुटबलमा नेयमार ठुलो नाम हो । ब्राजिली फुटबलमा सबै भन्दा ठुलो ‘ब्राण्ड’ नेयमारले युरोपमा आफुलाई प्रमाणित गरिसकेका छन् ।

विश्व फुटबलका सबैभन्दा महङ्गा खेलाडी अहिले फ्रान्सेली क्लब पीएसजीमा रमाईरहेका छन् । उनका विश्वभर करोडौ प्रशंसक र समर्थक छन् ।

तर स्वयम नेयमारका छोरालाई मन पर्ने खेलाडी को होला त ?

एम्बाप्पे ।

यसको खुलासा स्वयम नेयमारले गरेका छन् । पीएसजी स्टार नेयमारले आफ्नो छोरा सहकर्मी एम्बाप्पेको ठुलो प्रशंसक रहेको खुलासा गरेका छन् ।

बार्सिलोनाका पुर्व खेलाडी नेयमार फ्रान्सी क्लब पीएसजीको स्टारको रुपमा पेरिसमा अवतरण गरेका थिए । जहाँ फ्रान्सेली युवा स्टार एम्बाप्पेले आफुलाई उदाउदो सुपरस्टारको रुपमा प्रस्तुत गरिरहेका छन् ।

उनै एम्बाप्पेले दोस्रो हाफमा १३ मिनेटको अन्तरमा चार गोल गर्दै आईतबार राति पीएसजीलाई फराकिलो जित दिलाए ।

नेयमारका सात बर्षका छोरा डेभी लुका डा सिल्भा सान्तोषले फ्रान्सेली युवा स्टार तथा विश्व विजेताका ठुलो प्रशंसक रहेका छन् ।

‘मेरो छोराले एम्बाप्पेलाई धेरै माया गर्छ ।’ नेयमार भन्छन्, ‘जब मैले अभ्यासमा उसलाई लगेर जान्छु । उसले धैरै समय केलियनसंग गफिएर बस्छ ।’

‘उ एम्बाप्पेसंग फोटो खिचाउछ । र स्कुलमा लगेर आफ्ना साथिलाई देखाउछ । उ निकै खुसी देखिन्छ ।’ उनले भनेका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्