Logo

नेपालमा प्रचलित लिपिहरुको विकासक्रम


अमृत योन्जन-तामाङ

नेपालमा पुर्व-लिच्छविकालमा (१) ब्रह्मी लिपिः लिच्छविकालमा (२) पूर्व लिच्छवि र (३) उत्तर लिच्छवि लिपि अनि मल्ल एवं शाहकालमा (४) किरात (५) रञ्जना (६) भुजिमोल (७) नेवारी (८) मैथिली (९) तिब्बती (१०) नन्दीनागरी र (११) देवनागरी लिपि गरी ११ लिपि प्रचलित भए। यी लिपिहरुको वंश वा पूर्खा एउटै देखिएको छ।

उच्चारण स्थान (Place of articulation) र उच्चारण तरिका (Manner of Articulation) पनि उस्तै छन्। क्रमवद्ध छन्। रोमान (अङ्ग्रेजी) लिपिको जस्तो रयान्डम छैन। एेतिहासिक कालक्रममा लिपिको आकारप्रकारमा परिमार्जन भएको देखिन्छ। हाल मगर भाषाको लागि ब्रह्मी लिपिलाई अङ्गालेको छ।

तिव्वतमा थोन्मी सम्भोटाले आफ्नो भोट भाषाको मौखिक वर्ण अनुरुप लिपिको सङ्ख्य निर्धारण गरे अनि स्वर वर्ण /अ/ लाई नै मात्रा दिएर सजिलो बनाए र अाफ्नो भौगोलिक परिवेश अनुरुप लिपिको परिमार्जन गरे। लिम्बु लिपिले पनि स्वरवर्णको यस परम्परालाईअङ्गालेको छ। लिपि विकासबारे नेपाल सरकार, पुरातत्व विभागले प्रकाशित गरेको “लिपि विकास तालिका”लाई हेर्न सकिन्छ। यस अतिरिक्त सुनुवार र नाप्चा लिपि पनि प्रचलनमा छ। (यो लिपि-विकास तालिका दावा साङबो योल्मो, काठमाडौबाट प्राप्त भपकोले म उनीप्रति कृतज्ञ छु।)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्