Logo

बंगलादेशसंग नेपाल स्तब्ध


काठमाडौं । नेपाल साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलको उपविजेता बनेको छ । आइतबार भएको फाइनलमा बंगलादेशसंग १ – ० ले पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा बंगलादेशलाई उपाधि दिलाउन मासुरा प्रभिनले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औं मिनेटमा प्रभिनले निर्णायक गोल गरेकी हुन् ।

उपाधि जित्ने लक्ष्यसहित भुटान गएको नेपालले पाएको मौकामा गोल गर्न नसक्दा पराजित हुन पुग्यो । पहिलो हाफमा बल पोजिसनमा पकड जमाएपनि नेपालले गोल गर्न सकेनन् ।

यसअघि सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३ – १ ले हराएर फाइनल पुगेको हो । यस्तै बंगलादेशले भुटानलाई ४ – ० ले हराएर नेपालसंगको भेट पक्का गरेको थियो ।

च्याम्पियनसिपमा भारतले तेस्रो स्थान हासिल गरेको छ । आइतबार नै भएको खेलमा भुटानलाई १ – ० ले हराएर भारत तेस्रो भएको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्