Logo

स्वतन्त्र मधेशकाे वकालत गर्न सीके राउत पक्राउ


धरान / स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउतलाई फेरी रौतहट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडीबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी केदार ढकालले जानकारी दिएका छन् । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको एसपी ढकालले जनाए ।
अदालतमा राउत करिब सयौ समर्थकसहित पुगेका थिए । राउतलार्इ राज्य विरूद्धको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ । राउत लामो सयमदेखि स्वतन्त्र मधेशको वकालत गर्दै आएका छन् । यस अघि पनि उनी पटक पटक पक्राउ परेर राजनीतिक पहुचमा छुट्दै आएका छन् ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्