Logo

‘ए’ डिभिजन लिगको नयाँ तालिका


काठमाडौं । बंगबन्धु गोल्डकपको कारण स्थगित भएको पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरणको बाँकी खेलहरु २४ गतेबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार नयाँ खेल तालिका सार्वजनिक गर्दै पहिलो चरणको खेलहरु २४ गतेबाट हुने जनाएको हो ।

नयाँ तालिका अनुसार पहिलो खेलमा मछिन्द्र क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । दुई टोलीबीचको खेल एन्फा कम्प्लेक्समा दिउसो ३ बजे सुरु हुनेछ ।

 

त्यस्तै २५ गते दुई खेल हुनेछ । पहिलो खेलमा फ्रेन्ड्स क्लब र थ्रीस्टार क्लबबीच हुनेछ । जुन खेल बिहान ११ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।

सोहि दिन हुने दोस्रो खेलमा जावलाखेल युथ क्लबले  नेपाल पुलिस क्लबसंग दिउसो ३ बजे प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै २६ गते हिमालयन शेर्पा क्लबले सशत्र प्रहरीको एपीएफ क्लबसंग बिहान ११ बजे एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै दोस्रो खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लबबीच दिउसो ३ बजे खेल हुनेछ ।

यसअघि लिगको पहिलो खेलमा आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेलेका थिए । दोस्रो खेलमा संकटाले सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्