Logo

चलचित्र ‘पुरानो बुलेट’को टिजर सार्वजानिक (भिडियो सहित)


काठमाडौँ । चलचित्र प्रेमीहरू अशोक कुमार राई, टिकाराम राई, विरेन सांवा र दिपेन लिम्वुको  निर्माणमा बनेको चलचित्र ‘पुरानो बुलेट’ नेपाली चलचित्रको टिजर रिलिज गरिएको छ। टिजरमा चलचित्रको टाइटललाई मात्र फोकस गरी बुलेट बाइकलाई मात्र देखाईएको छ । तर कलाकारहरुलाई भने देखाईएको छैन।

निर्देशक भीषण राईको निर्देशन रहेको यो चलचित्रमा अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्वु, कविता आले, कृष्णभक्त महर्जन, शिव मुखीया,दिवाज राई किराती, शिरोमणी दवाडी, बारात लिम्वु, बादल श्रेष्ठ, करण धिताल, लक्षणा राई, प्रदिप फुयांल र युडी गुप्ताको मुख्य भूमिका रहेको छ।

निर्माता अशोक कुमार राईका अनुसार चलचित्रको कथामा देशको बर्तमान परिस्थिती, वेरोजगार र युवा पिढिको देशभक्त प्रेम आदीको कथालाई देखाइनेछ। निर्देशक भीषण राईका अनुसार चलचित्रको कथावस्तुले आम नेपाली युवापुस्ताको जनजीवनलाई नजिकबाट खोतलिएको बताए।

प्रेम कथामा उनिएको यो चलचित्र पारिवारीक रमाईला हाँस्यव्यंग्य भरिएको निमार्ताहरूको दाबी छ। बुलटे चढ्ने युवा देख्दा जोकोहीले उनिहरुलाई जिम्मेवारी विहिन ठान्छन् तर उनिहरु पनि परिवार र देशप्रेमी हुनसक्ने कुरालाई पस्कन खोजेको कार्यकारी निर्माता सन्तोष राईले बताए। चलचित्रको प्रर्दशन मिति भने तोकिएको छैन।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्