Logo

माओवादी केन्द्रले प्रदेश १ सङ्गठन बिस्तार


विराटनगर । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तिलक थापामगरले समाजवाद माओवादीहरुले मात्र ल्याउन सक्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र मोरङ्ग जिल्ला बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले हिनता बोधबाट ग्रस्त भएकाहरुबाट समाजवाद नआउने ठोकुवा गर्दै (नेकपा)ले समाजवाद ल्याउन नसक्ने बताए ।

बैठकमा बोल्दै महासचिव कर्णजीत बुढाथोकीले जनयुद्ध सुरु गर्दा वर्गीय मुक्ति नहुञ्जेलसम्म हतियार बिसाइँदैन भन्ने प्रतिवद्धतासहित हिडेकाले समाजवाद ल्याएर वर्गको मुक्ति दिलाउने कतव्र्य माओवादीहरुको भएको बताए । उनले समाजवाद स्थापन गर्ने अभियानबाट केही नेताहरु पछि हटेपनि आफूहरु समाजवाद ल्याउने अभियानमै रहेको बताए । उनले ‘समाजवाद आयो माओवादीले ल्यायो’ भन्ने नारा दिएर माओवादीहरु अगाडि बढ्नु पर्ने बताए ।

त्यसैगरी माओवादी केन्द्रका प्रदेश संयोजक बिमल निरौलाले माओवादी केन्द्रको संगठनहरु हरेक जिल्लामा मजबुद हुँदै गएको बताउदै समाजवाद ल्याउन अब माओवादीहरु जुटिसकेका बताए ।

प्रचण्ड समूह एमालेमा विलय हुँदैमा निराश हुनुपर्ने कुनै कारण नरहेको बताउँदै निरौलाले भने, “एमालेमा विलय हुनुभन्दा सबै माओवादीहरु एकजुट बनाउन प्रचण्डले सकेका भए अलि चाडो समाजवादमा पुग्न सकिन्थ्यो ।” बैठकले जिल्लाको सांगठनिक जिम्मेवारी हेरफेर पनि गरेको छ । जसमा इन्चार्ज प्रकाश राई, संयोजक अप्सरा बानियाँ निरौलासहित ३१ सदस्य जिल्ला कमिट चयन गरेको छ ।

बैठकले मोरङ्गका विभिन्न स्थानीय तहका इन्चार्जहरु पनि तोकेको छ । रंगेली नगरपालिकामा लक्ष्मी निरौला, वेलबारी नगरपालिका र केराबारी गाउँपालिकाको इन्चार्जमा केशव अधिकारी र कानेपोखरी गाउँपालिको इन्चार्जमा केशर लिम्बु र बुढिगंगा गाउँपालिका इन्चार्जमा मिथलेश शाहलाई चयन गरेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्