Logo

लोगो चोरीको आरोप लगाउँदै उजुरी


पोखरा । आफुले बनाएको प्रदेशसभाको लोगो चोरी गरी प्रतिस्पर्धामा छानिएको भन्दै विवाद बढेको छ । महेन्द्र उपाध्ययले आफुले बनाएर इमेलमार्फत पठाएको लोगो सचिवालयकै कर्मचारी विनीत रानामगरले हु–बहु नक्कल गरी प्रतिस्पर्धामा छनोट गराएको भनी आरोप लगाएका हुन् । उनले आरोपमात्रै होइन अन्तत ः उजुरी समेत हालेका छन् ।

प्रदेशसभाले प्रतिस्पर्धामा आएको लोगोमध्येबाट विनित रानामगरले बनाएको चिन्ह छनोट गरेको थियो । प्रदेश सभाले १२ लोगोमध्येबाट रानामगरको सर्वोत्कृष्ट चयन गरेको हो। महेन्द्रले गरेको उजुरीबारे प्रदेश सभाका पदाधिकारीले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

महेन्द्रले आफुले बनाएको लोगोमा नेपालको नक्स जातजातिले भरिएको गण्डकी प्रदेश, गैंडा, हिमालको भाग, नदी, धानको भालाको कन्टेन्टहरुको नक्कल गरिएको दाबी गरेका हुन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्