रामप्रसाद राई विभूति घोषणाको सवाल
२००७ सालमा भएको राणाशासन विरोधी आन्दोलनको परिचय दिइरहनु पर्दैन । सो आन्दोलन सैन्य विद्रोहका रूपमा भएको थियो । त्यसको नेतृत्व नेपाली कांग्रेसले लिइरहेको थियो । तर देशैभरी कांग्रेसले एकैपटक जनमुक्ति सेनाको गठन गर्न सकेको थिएन । कतिपय कुराले यो सम्भव पनि थिएन । तराईका सुगम जिल्लाहरूमा सेनाको गठन भएर गरिएका विद्रोह या त लम्बिँदै थिए या जितिसकेका जिल्लालाई पुनः राणाहरूले फर्काउँदै थिए ।
यस्तोमा जनमुक्ति सेनाका कमाण्डरहरूको सहादत पनि हुँदै थियो । उदाहरणका लागि राणाका सेनाद्वारा वीरगञ्ज फिर्ता र थीरबम मल्लको सहादतलाई लिन सकिन्छ । थीरबम मल्ल जनरल सुवर्ण शमसेरका सहोदर भानिज थिए । आफ्नै परिवार भित्रका सदस्यहरूलाई नै सेना बनाउनु पर्ने तत्कालीन नेताहरूको वाध्यता थियोहोला । यसले जनमुक्ति सेनाको गठन सजिलै रुपमा भयोहोला भत्र सकित्र ।
यस्तो क्रुसियल अवस्थामा वल्लो, पल्लो र माझकिराँतका जिल्लामा मुक्तिसेनाको गठन गर्न कांग्रेसका सम्मानित सदस्यहरू गइरहनु परेको थिएन । पार्टीको साधारण सदस्यता समेत नलिएका तर बैरगनियाँ सम्मेलनमा भाग लिएका रामप्रसाद राई र नारदमुनि थुलुङले स्वतस्पूmर्त रूपमा यो जिम्मेवारी लिएका थिए । तत्कालीन भारतीय व्रिटिश सेनामा यी दुवैजना अफिसर दर्जाका सेना थिए । त्यसैकारण बेलायती सेनाबाटै रिटार्यड भएर आएका सेनाहरू संगठित गर्न यिनीहरूलाई धेरैबेर लागेन । राणाका मानिसले सुइँकोसम्म नपाउने गरी इशाराका भरमा हजारौंको संख्यामा सेनाको गठन गरेर त्यसको जिम्मा रामप्रसाद राईले लिएका थिए । २४ मङ्सिर २००७ मा भोजपुर जिल्लाको मालअड्डा कब्जा गरेर राणाका पूरै हातहतियारमाथि नियन्त्रण गर्ने काम रामप्रसाद राईबाट सुरु भएको थियो ।
त्यस बखतसम्म ‘म राणाकै मानिस हँु, कांग्रेसको बहकाउमा लाग्ने होइन’ भनेर तत्कालीन बडाहाकिमलाई भ्रम दिइरहेका थिए नारदमुनिले । त्यसैकारण मालअड्डा लुटिएको थाहा पाउना साथै ती बडाहाकिमले ‘मालअड्डा लुट्ने रामप्रसाद राईहरूजस्ता कांग्रेसलाई मार’ भन्दै आफ्ना हातमा भएको राणासाशनको अन्तिम बन्दुक पनि नारदमुनिका हातमा हालिदिए थिए । यसरी विना रक्तपात भोजपुर राणाशासनबाट मुक्त भएको थियो । त्यसपछि सैन्यकमाण्ड जिम्मा लिएका रामप्रसाद राईले भोजपुर पूर्वका धनकुटा, चैनपुर र ताप्लेजुङ क्रमश कब्जा गर्दै गए । भोजपुर पश्चिमका ओखलढुङ्गा, रामेछाप कब्जा गर्दै राणाको अन्तिम किल्ला काठमाडौं कब्जा गर्न ठूलो सैन्य दल चरिकोट र बनेपामा ल्याएर राखेका थिए । यो इतिहासलाई उजिल्याउनु पर्ने आवश्यकता छैन ।
दिल्लीमार्फत राणाहरू कांग्रेससँग सम्झौता वार्तामा आए । तर रामप्रसाद राई, डा. केआई सिंह, एकदेव आले र भिमदत्त पन्तले यो वार्ता र त्यसले गरेको ‘क्रान्ति रोक्नु’ पर्ने निर्णयको विरोध गरे । भोजपुरमा प्रतिक्रान्ति गराएर रामप्रसादलाई जेल हालियो, केआई सिंलाई सिंहदरबारमा ल्याएर नजरबन्द गरियो । पन्तलाई केही समयको अन्तरालमा मारियो । मुक्तिसेनाका चीफ जीवी याक्थुम्बा भोजपुर गएर रामप्रसादलाई जेलमुक्त गराए । त्यसपछि रामप्रसाद काठमाडौं आएर ८ माघ २००८ मा आफैंले गठन गरेका मुक्तिसेनाको सहायताले सिंहदरबार कब्जा गरेर केआई सिंहलाई मुक्त गराए । तर यो बेलासम्म राणाका हातमा भएका सेना त्रिभुवनका हातमा आइसकेकाले रामप्रसाद राईले गरेको सिंहदरवार कब्जाले सहादत प्राप्त ग¥यो ।
दलबलसहित केआई सिंह चीनतर्फ भागे । दुनियाँले केआई सिंहलाई देख्यो, तर रामप्रसाद राईलाई कसैले देखेन । पछि राजाले माफी दिएर चीनबाट फर्किएका केआई सिंहले ‘रामप्रसाद राई हिउँमा कठांग्रिएर मरेको’ दुनियाँलाई सुनाए । प्रमाण केही थिएन । त्यसैकारण परिवारले रामप्रसाद राईको ‘काजक्रिया’ आजसम्म गरेका छैनन् ।
प्रधानमन्त्रीको पद दिएर केआई सिंहलाई पुरस्कृत गरिएपछि रामप्रसाद राईको मृत्युबारे सोही पुरस्कृत व्यक्तिको भनाइमा किरात समुदायले आज ६७ वर्षसम्म राज्यउपर विश्वासको धैर्यता साँधेर बस्नु सानो कुरा होइन । दिल्ली सम्झौताको विरोध गरेका रामप्रसाद राईले राजतन्त्र नै नउखेलिएसम्म क्रान्ति जारिराख्नु पर्ने अडान लिएका थिए । त्यसैकारण रामप्रसाद राईका परिवारजन आआफ्नै ढंगले एक/एक संस्था खोलेर इतिहास जीवित राख्नेतर्फ लागे, तर राजतन्त्रसँग ‘विभूति घोषणा’ गरि माग्न गएनन् ।
रामप्रसाद राईको इतिहासको एउटा सानो ‘क्याप्सन’ मात्र हो यो । उनका परिवारजनले उनको इतिहास जीवितसम्म राख्नका लागि ‘रामप्रसाद राई फाउन्डेशन’ र ‘रामप्रसाद राई प्रतिष्ठान’ खोलेर बसेका छन् । प्रचण्डको दोस्रो प्रधानमन्त्रीकालमा रामप्रसाद राई फाउण्डेशनले रामप्रसादको जीवनीसमेत प्रकाशन गरेर ‘उनलाई देशको विभूति घोषणा गरियोस्’ भन्दै एउटा भव्य सभाको आयोजना गरेर प्रधानमन्त्रीबाट सो पुस्तकको विमोजन गराइयो । रामप्रसाद राईलाई विभूति घोषणा गरिनुपर्ने प्रस्ताव मन्त्रीपरिषद्मा राखिएको खबर भोलिपल्टै विभित्र पत्रिकामा छापियो । तर साथै के पनि छापियो भने ‘कांग्रेसको असहमति’ मा सो प्रस्ताव पारित हुन सकेन । सम्पूर्ण किरात समुदाय तत्काल निरास बने पनि आशा मारेन ।
रामप्रसाद राईको मृत्यु कसरी भयो ? आजको अहम् सवाल यो हो । डा. केआई सिंहलाई मात्र माफी दिएर टँुडिखेलको भाषणमा ‘हिउँमा कठांग्रिएर रामप्रसाद राई मरे’ भन्नु भनाउनु रामप्रसाद राईको स्वाभाविक मृत्युको दशी÷प्रमाण कसरी हुन सक्छ ? दिल्ली सम्झौताको प्रखर विरोध गर्नु, यदि त्यो अपराध नै थियो भने पनि दुवैजनाले समानरूपले गरेका थिए । तर प्रधानमन्त्रीको पद दिएर केआई सिंहलाई पुरस्कृत गरिएपछि रामप्रसाद राईको मृत्युबारे सोही पुरस्कृत व्यक्तिको भनाइमा किरात समुदायले आज ६७ वर्षसम्म राज्यउपर विश्वासको धैर्यता साँधेर बस्नु सानो कुरा होइन । दिल्ली सम्झौताको विरोध गरेका रामप्रसाद राईले राजतन्त्र नै नउखेलिएसम्म क्रान्ति जारिराख्नु पर्ने अडान लिएका थिए । त्यसैकारण रामप्रसाद राईका परिवारजन आआफ्नै ढंगले एक÷एक संस्था खोलेर इतिहास जीवित राख्नेतर्फ लागे, तर राजतन्त्रसँग ‘विभूति घोषणा’ गरि माग्न गएनन् ।
भर्खरकै कुरा हो । फेरि दुवै संगठनका अध्यक्षको नेतृत्वमा अहिलेको शक्तिशाली सरकारका प्रधानमन्त्री समक्ष एउटा प्रतिनिधि मण्डल गएर पुनः ‘रामप्रसाद राईलाई विभूति’ घोषणा गरियोस् भनेर बिन्तीपत्र राख्यो । ‘आदरणीय व्यक्तित्वलाई देशको विभूति घोषणा गर्दा विवादरहित पनि बनाउनुपर्ने भएकाले यसबारेमा आवश्यक छलफल र विचार विमर्शपछि …….’ भत्रे कुरा सुनेर प्रतिनिधि मण्डल फर्किएको छ ।
‘विवाद’ रहित बनाउने भत्रे कुरा आफैंमा असल हो । यस्तै हुनु पनि पर्छ । तर तल्कालीन भोजपुरमा रामप्रसाद राईविरुद्ध प्रति क्रान्तिको हात बलियो बनाउनेहरूका सन्तान दरसन्तानहरू समेतले समयको पदचापलाई बुझेर विभूति घोषणाको मागमा एकबद्धता जनाई सक्दा पनि राज्यभित्रै तथाकथित विवाद कसरी बाँकी रहन गएको छ ?
यतिखेर सबैले महसुस गरेको कुरा के हो भने सरकार जतिसुकै शक्तिशाली भएपनि उसविरुद्धका घेराबन्दीहरू दिनानुदिन बढिरहेका छन् । राष्ट्रिय राजनीतिमा घेराबन्दीहरू हुन्छन् । तीनको उचित निकाश दिन सकिएन भने तीनले विविध रूप पनि लिन सक्छन् । रामप्रसाद राईलाई जसरी योभन्दा पहिला पन्छाइयो, अब त्यो सम्भव छैन । यो माग सम्पूर्ण किरात समुदायमा मात्र सीमित छैन । माथि नै भनियो, समयको पदचाप बुझ्नेहरू सबै छन् । राजतन्त्र गएपनि राज्ययन्त्र त्यही हो । अहिलेका राज्याधिकारीहरू त्यसैका पदाधिकारी हुन् । त्यसकारण राज्यले हिजो गरेका गल्तीहरूलाई आजकाले सच्याउन सक्नै पर्छ । यदि त्यसो नगरेर बेवास्ता पुनःगरिन्छ भने त्यसको मूल्य निकै महँगो चुक्ता गर्नुपर्ने हुन्छ ।
रामप्रसाद राईका परिवारजन आजसम्म त्यही राज्यसँग विभूति घोषणा गराई माग्दैछन्, जुन राज्यले उनको मृत्युको दशिप्रमाण दिन सकेको छैन । समयले शताब्दी टेक्न खोज्दै छ । सबै नयाँ पींढिले यसैगरी पर्खिरहन सक्तैन । त्यसकारण राज्यले रामप्रसाद राईलाई नेपालको विभूति घोषणा गरेर उनका परिवारजनलाई उनको काजक्रिया गर्ने बाटो फुकाईदिनुमा ठूलो बुद्धिमानी ठहर्ने छ ।