Logo

बिकु थोकर तामाङ चलचित्र संघको अध्यक्षमा


काठमाडौ: तामाङ चलचित्रकर्मीहरुको साझा संस्था तामाङ चलचित्र संघको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा विकु थोकर सर्वसम्मत चयन भएको छ । मंगलबार चलचित्र विकास बोर्डको सभाहलमा भएको १० औ बार्षिक साधारणसभा तथा पाँचौँ राष्ट्रिय महाधिबेशन भएको थियो । संघमा ४ जनाले अध्यक्षमा दाबी गरेका थिए ।

चलचित्र विकास बोर्डको हलमा सम्पन्न महाधिवेशनले उपाध्यक्षमा नायक कुमार मोक्तान, बुद्धिमान स्याङतान, भुईसल लामा, दिपक लामा, महासचिवमा जयन कुमार मोक्तान, सचिवमा रोशन फ्युवा तामाङ, कोषाध्यक्षमा निशा तामाङ, सहकोषाध्यक्षमा सुनिता लुङवा (तामाङ) निर्वाचित भएका छन् ।

त्यसैगरि सदस्यहरुमा गोपीलाल तामाङ, निमा लामा तामाङ, अनिता गोले, शुस्मा मोक्तान, पुसन लामा, बिनायक तामाङ, लक्ष्मी घ्याबा, अजय स्याङतान, रितुराज पाख्रिन, संजय हुत्त लामा,  युद्द लामा, अमर लामा, डि बि दोङ लगायत रहेका छन् । यस अघि संघ जेनिस लामाको नेतृत्वमा रहेको थियो । अब संघको सल्लाहकारमा जेनिश दोङ, अमिर दोङ र दोर्जे तामाङ रहनेछन् । कार्यक्रममा प्रमखु अतिथि आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले भाषा र संस्कृतिको सवालमा महत्वपूर्ण योगदान चलचित्रले बोक्ने बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्