Logo

प्रदेश १ को नाम ‘किराँत’ मा बहुमत, के निर्णय हुन्छ ?


सुमन बाङदेल

इटरी/काठमाण्डौ- – प्रदेश १ को नेकपा संसदीय दलको बैठकमा दोश्रो दिन सम्म बोल्ने वक्ताहरुले प्रदेशको नाम किराँत राख्न प्रस्ताव गरेका छन्।

किराँत जात नभएर सभ्यता भएको भन्दै धेरै सांसदहरुले किराँत हुनुपर्ने बताएका छन्। एमाले प्रदेश सांसद तथा प्रदेश १ को नेकपा इन्चार्ज भिम आचार्य सहितका नेताहरुले किराँत हुनुपर्ने सुझाव दिएको सांसदहरुले बताएका छन्। प्रदेश सभामा दुइ तिहाइ सांसद भएको नेकपाले स्थायी राजधानी र नामको टुंगो लगाउने गरी यही असोज १५ र १६ गते बैठक बसाएको थियो। बैठकको दुवै दिन बोल्ने सांसदहरुले नामाकरणको बारेमा सगरमाथा, किराँत वा कोशी किराँत राख्न सुझाव दिएका छन्।

यसरी किरात बहुमत हुँदाहुँदै पनि किरात नहुन पनि सक्छ एक नेकपा नेताले बताए । एक नेताको अनुसार पहिचान नदिनको लागी नै स्लो रुपमा नाम राखे योजना रहेको जुन स्लो पोइजनको रुपमा पहिचानलाई खतम पार्ने हो ।

विराटनगर आसपासका केहि नेकपा सांसदहरुले भने विराटनगरलाइ नै स्थायी राजधानी बनाउनुपर्ने बताएका थिए। उनीहरुले विराटनगरको ऐतिहासिकताको आधारमा स्थायी राजधानी हुनुपर्ने तर्क गरेका थिए।  विराटनगर विपक्षका सांसदहरु भने दशगजामा जोडिएको सहरमा विराटनगर सामरिक र सुरक्षा दुवै कोणमा अनुपयुक्त भएको भनाइ राखेका थिए। भारत र चीन दुवै देशसँग जोडिएको प्रदेश १ को स्थायी राजधानी कुनै एक देशसँग टाँसिएको सहरमा राख्न नमिल्ने नेकपा सांसदहरुले बताएका छन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्