Logo

अदालतद्धारा पाँच बलात्कारीलाई १० वर्षको जेल सजाय फैसला


गाईघाट । जिल्ला अदालत, उदयपुरले पाँच जना सामूहिक बलात्कारीलाई १० वर्षे जेल सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले मंगलबार पाँचै बलात्कारीलाई जेल सजायको फैसला गरिएको हो ।

जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसला समेत भएको छ । गत भदौ १६ गते १५–१८ वर्षे ति युवकहरुले कटारी नगरपालिका –४ की १४ वर्षीया बालिकालाइ कटारीको खेलकूद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए ।

१६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ । भने पन्ध्र वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायको फैसला भएको छ ।

बालिकाको अभिभावकको उजुरीको आधारमा गत भदौ १७ गते चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको थियो । र, बलात्कारसमबन्धी मुद्दा दर्ता गरिएको हो ।

तर बलात्कारमा संलग्न एक बलात्कारी भने अझै फरार रहेको बताइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्