Logo

क्रिकेट कपका लागि नेपाल-म्यान्मार भिड्दै


काठमाडौं । टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेल नेपाल र म्यानमारबीच हुने भएको छ मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा यी दुई देशबीच खेल हुन लागेको हो । नेपाली समय अनुसार १२ बजेर १५ मा खेल सुरु हुने जनाइएको छ । उक्त खेलमा म्यानमारलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल रहेको छ भने म्यानमार पनि नेपाललाई रोक्ने प्रयासमा छ ।

नेपाल र म्यानमारले पहिलो पटक सन् २००६ मा एसीसी ट्रफीमा प्रतिस्पर्धा गरेका थिए । जुन खेलमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो । त्यतिबेला नेपालले चमत्कारिक प्रदर्शन गर्दै म्यानमारलाई १० रनमा नै अलआउट गर्न सफल भएको थियो । ११ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले मात्र २ बलमा खेल जितेको थियो ।

छनोट प्रतियोगितामा नेपालसँगै आयोजक राष्ट्र मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार र थाइल्याण्ड रहेका छन् । छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।

 


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्