Logo

लता कार्कीको कवितासंग्रह ‘उल्टो पाइला’ लोकार्पित


काठमाण्डौ- काठमाण्डौको अनामनगरको मण्डला थियटरमा उल्टो ‘उल्टो पाइला’ नामक कविता संग्रह बिमोचन भयो । यस बिमोचन कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ कवि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काईला, आख्यानकार राजन मुकारुङ एवम् युवा बिश्लेषक बन्दना ढकाल र कवि लता कार्कीले सयुक्त रुपमा गरेको थियो ।

यस कार्क्रमको शुरुवातमा कवि लता कार्कीले आफ्नो धन्यवाद तथा स्वागत मन्तव्य पस्किएकी थिईन् । यस कृती निकाल्नको लागी थुप्रै प्रकाशन गृह धाएको तर सकारात्मक प्रतिकृय नपाएको तितो यथार्त पोखिन । अन्तिममा चिण्डो बुक्ससँग सहकार्यक गरेको बताइन । कविता संग्रहमा संग्रहित कविता ‘आमा र निर्वासित सपना’ पेश गरिन् ।

कृतिको समीक्षा गर्दै युवा बिश्लेषक बन्दना ढकालले श्रमजिवी, मेहनतकस जनताको आवाज बोल्ने एक नारी हस्ताक्षरको नेपाली साहित्यमा आगमन भएको बताईन् । ‘स्रष्टाहरूले आजको समाज लेख्ने हो, कविले ईमान्दारिपूर्वक आजको समाज लेख्न कोशिस गरेकी छन् ।’

लोकार्पण कार्यक्रममा आख्यानकार राजन मुकारुङले कबिताको बिम्ब कस्तो हुनुपर्छ भन्दै रमायाणामा पनि सिता आगो सँग नडरेको बिम्ब महाबिम्ब हो भन्दै समाजको समकालिन कबिता र यसको बिम्ब कस्तो हुनुपर्छ भन्ने कुरा गरे । उनले लता कार्की यौटा बलियो सम्भावनासहित आएकी कवि भएको बताए । मुकारुङले कृतिमाथि भन्दा पनि आगामी कविता कस्ता हुनुपर्छ भन्ने बिषयमा समय खर्चिए । अबको समयमा नेपाली मौलिकता सहितका कविता लेखिनुपर्नेमा उनको जोड थियो ।

https://www.youtube.com/watch?v=wgeMR94gAAM

लोकार्पण कार्यक्रममा प्रमूख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काईलाले कवि लता कार्कीलाई ‘पोथी बास्नु हुँदैन’ भन्ने शिर्षक प्रशसा गरे । साथै अहिले मौलिक कबिता नेपाली साहित्यमा आउनु पर्ने तर्क राखे । उनले भने, नेपालामा सिमान्तकृत, र नेपाली टेठ कबिता आउनु पर्ने, गोष्ठी हुनुपर्ने तर अरु नै धेरै भएको छ ।

यस कविता कृति ‘उल्टो पाईला’ चिण्डो बुक्सले प्रकाशन ल्याएको हो । संग्रहको मूल्य २ सय रुपैयाँ रहेको छ भने ४० कबिता रहेको छ । यो चिन्डो बुक्स कोटेश्वर लगायत बजारमा उपलब्ध छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्