Logo

किरात र सभ्यता


सभ्यता भनेकाे मानवीय जीवनयापनकाे उच्चतम परिष्कृत तथा उन्नत अवस्था हाे । विकासक्रममा हरेक जातिले आ-आफ्नाे सभ्यता निर्माण गरेका छन् ।

जसले जुन सभ्यता निर्माण गर्याे त्याे सभ्यताकाे नाम त्यही जातिकाे नाममा पुकारियाे । जस्ताे: आर्यले निर्माण गरेकाे सभ्यतालाई आर्यसभ्यता, किरातले निर्माण गरेकाे सभ्यतालाई किरातसभ्यता, ईत्यादि ।

किरात सभ्यताका देन :  किरात सभ्यताका महत्वपुर्ण दुईवटा देन, 

१. प्रशासनिक संरचना

भारतीय उपमहाद्वीप लगायत नेपालकाे राजनैतिक प्रशासनकाे आधारभुत जग नै किरातकालिन राजनैतिक व्यवस्था भनेर विद्वानहरू एक मत भएका छन् ।

त्याे बेलाकाे किरात प्रशासनकाे व्यावस्थालाई टेकेर अहिलेकाे आधुनिक प्रशासनकाे विकास भएकाे हाे । प्रशासनिक कार्यविभाजन र जिम्मेवारीकाे तय गरेर वैज्ञानिक ढंगमा कार्यसम्पादन गर्ने सुत्र किरातहरूले नै बसाइ दिएका थिए ।

प्रशासनकाे इतिहासकाे अध्ययनमा निम्न किरातभाषाकाे शब्दहरू नपढी अगाडि बढ्नै सकिन्न :

क. कुथेर
ख. शाेल्ल
ग. लिङ्ग्वल
घ. माप्चाेप

यी भनेकाे किरातहरूकाे प्राधिकरण अड्डाहरूकाे नाम हुन् । यी किरात शब्दहरू हुन् । कुथेर जग्गासम्बन्धि मालपाेत कर उठाउने अड्डा हाे । शाेल्ल न्यायसम्बन्धि , लिङ्ग्वल व्यापार सम्बन्धि र माप्चाेक विवाह र पारपाचुकेसम्बन्धि कार्यसम्पादन गर्ने प्रधिकार प्राप्त अड्डाहरू हुन् ।

हेरक विषय सम्बन्धि मुद्दाहरूलाई छुट्टाछुट्टै विभागद्वारा कार्यसम्पादन गरियाे भने प्रभावकारी हुन्छ भन्ने सिद्धान्तकाे उदाहरण हाे, याे । अहिलेकाे शक्तिपृथकीकरणकाे अवधारणाकाे गज किरातहरूले नै बसालिदिएका थिए ।

किरात शब्द नाम गरेकाे ती अड्डाहरू अहिले अर्कै नामले ठाउँ लिइसकेकाे अवस्था हाे । तर पञ्चायतकालसम्म पनि किरातभाषामा “सिङ” कर भन्ने चलन थियाे । याे भनेकाे काठदाउरामा लगाइने कर हाे ।

२. लिपि

हामीले अहिले प्रयाेग गर्दै आएकाे देवनागरी लिपि किरातहरू कै देन हाे । याे ब्राह्मीलिपिबाट विकसित गरेर ल्याइएकाे हाे । ब्राह्मीलिपिबाट अरू पंजावी, बंगाली र काश्मिरी लिपि विकास भएकाे हाे । ब्राह्मी तथा देवनागरी लिपि सेमेटिक भनेर कसैले दावी गरेता पनि याे यही किरातहरूले अाविष्कार गरेकाे लिपि भनेका छन् । पछि आर्यले किरात लिपिलाई आफ्नाे दावी गर्न ब्राह्मी नामाकरण गरेका मात्र हाे ।

कुनै पनि भाषाकाे आफ्नाे लिपि हुनकाे लागि लिपिकाे प्रत्येक अक्षरबाट त्याे भाषाकाे अक्षर बन्नुपर्छ । देवनागरी लिपिमा “ङ” र “ञ” स्वरका अक्षर छ । तर यी अक्षरबाट संस्कृतमा शब्द बन्दैन । बरू किरात भाषामा “ङ” र “ञ” बाट शब्द बन्छन् । जस्तै: ङाेसी, ङापा, ङासा, ञाभु, ञान्च्या इत्यादि ।

यस कारण याे लिपि हिन्दुआर्यकाे हाेइन किनकि हिन्दुआर्यकाे माैलिक भाषा संस्कृत हाे । मेकनल बर्नले हिन्दुआर्य भारत आए पछि पनि हजाराैं वर्षसम्म लेख्न जानेका थिएन भनेका छन् । त्यही भएर आर्यहरू घाेक्ने र सम्झने मात्र गर्थे । हुन पनि हिन्दुआर्यकाे वेद र अन्य धार्मिक ग्रन्थलाई अहले पनि श्रुति र स्मृति भनिन्छ । “श्रुति” भनेकाे सुनेकाे र “स्मृति” भनेकाे सम्झेकाे हाे । कुनै कुरालाई सुनेर कण्ठस्थ पारेर पुस्तान्तरण गर्ने लामाे अभ्यास हिन्दुआर्यले गरेका थिए । हिन्दुआर्यले त तेश्राे शताब्दीबाट मात्र लेख्न सुरू गरेकाे पुरातात्विक प्रमाण फेला परेकाे छ । संस्कृतमा लेखिएकाे सबैभन्दा पुरानाे पुस्तक “रूद्रदमन” हाे। वेदलाई हजाराै लाखाै वर्ष अगाडि लेखिएकाे भनेर मिथ्या दावी गरेका छन् जबकी ई.पु ३२ सय वर्ष अगाडि मेसाेपाेटामियाकाे सभ्यतामा पहिलाे लिपिकाे भ्रुण तयार भएकाे थियाे।

किरात सभ्यताकाे यस्ताे वैभवता हुदाहुदै पनि हामीले नै चुनेर पठाएका हाम्रा नेताहरू र हामीले नै मान्दै आएका बाैद्धिक वर्गहरू किरात अस्तित्व र पहिचानलाई निषेध गर्न खाेज्छन् ।

 


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्