तरकारीमा ७२ प्रतिशतसम्म मुल्यवृद्धि
काठमाडौं । दशैं नजिकिदै गर्दा तरकारीको भाउँ ७२ प्रतिशतले महंगिएको छ । तरकारी विचौलियाहरुकोे सिन्डिकेटले तरकारी भाउँ आकाशिएको हो । थरी थरीको विचौलिया हुँदै तरकारी उपभोक्तासम्म पुग्दछ । सरकारले यस्ता विचौलियाहरुको जालो तोड्न नसक्दा उपभोक्ता मारमा परेका छन् । केही दिनअघि कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मात्रिका यादव आफैले बजारको अनुगमन गरेका थिए । उनीहरुले उपभोक्ताकै पक्षमा बोलेपनि तरकारी बजारमा विचौलियाको राज खपिसक्नु छैन ।
अहिलेको तरकारी मुल्य :
कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले भदौ १६ गते तोकेको तरकारी मुल्य,
- प्रतिकेजी ५५ रुपैयाँको गोलभेँडा असोज १६ मा आइपुग्दा ६५ रुपैयाँ,
- प्रतिकेजी २ सय ५ रुपैयाँ रहेको हरियो लसुनको २ सय ९५ रुपैयाँ,
- रातो आलु प्रतिकेजी ५८ रुपैयाँबाट ६८ रुपैयाँ,
- बोडी ६५ बाट ९५ रुपैयाँ,
- तितो करेला ५५ बाट ९५ रुपैयाँ ,
- र, घिरौला ४५ रुपैयाँबाट ५५ रुपैयाँ पुगेको छ ।
गाजर, बन्दा, काउली लगायतका तरकारीको मूल्यमा भने केही कमी आएको छ । यसैगरी, मूला, भन्टा, घिउ सिमी, भटमास कोशालगायतका केही तरकारीहरुको मूल्य स्थिर छ ।