Logo

भूकम्प र सुनामीले इन्डोनेसियामा हजारौँको मृत्यु


काठमाडौं । इण्डोनेसियामा भूकम्पपछि सुनामी गएको छ । शुक्रबार गएको भूकम्प र सुनामीका कारण त्यहाँ बाह्र सयभन्दा बढीको मृत्यु भएको छ । ७.५ रेक्टर स्केलको भूकम्प गएपछि तटिय क्षेत्रमा शक्तिशाली सुनामी आएको थियो । यसले ६० हजार मानिस घरबारविहीन भएका छन् । अहिले भूकम्प तथा सुनामी पीडितहरु पाल टाँगेर बसिरहेको खबर छ । उनीहरुले अहिले पनि राहत पाएको अवस्था छैन । सडक र विमानस्थल सवै बन्द रहेका छन् । भने सञ्चार सम्पर्क समेत टुटेको छ । घाइतेहरुको खुल्ला चउर तथा त्रिपालमुनी उपचार भइरहेको छ । बालबालिकाहरुको अवस्था झनै दयनीय रहेको  बिबीसीले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्