Logo

हलेसी तुवाचुङमा नेकपाको दशैं–तिहार शुभकामना


राजु बिक्रम चाम्लिङ

नेपालीहरुको महान चाड दशैं र तिहारको पावन अवसरमा नेपाल कम्युष्टि पार्टी खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरसमितिले यही २०७५ सालको दशैं–तिहार शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ । खोटाङ जिल्लाको प्रतिनीधि सभा सदस्य मा. विशाल भट्टराईको प्रमुख आतिथ्य तथा विशेष अतिथिहरुमा प्रदेश सभा मा. सदस्यहरु क. रामकुमार राई (पासाङ), मा. राजन राई, मा. उषाकला राई तथा युवा संघका केन्द्रिय अध्यक्ष तथा युवा नेता क. रमेश पौडेल लगायत खोटाङ जिल्ला पार्टीका नेताहरुको विशेष उपस्थिति र सम्बोधन रहनेछ ।

वर्षदिनमा हरेक समूदायहरुले आफ्नो सुःख–दुःख गरेर जे जस्तो अवस्था भएता पनि दशैं र तिहारको अवसरमा विश्वमा रहेका नेपालीहरुले आफ्नो खुशी आदान प्रदान गर्ने गरिन्छ । रोजगार वा अन्य जुनसुकै हिसाबले देश परदेस गएता पनि, रहेता पनि दशैं तिहारको आगमनसँगै आफ्नो गाउँघर, परिवार, नातासँग खुशी साट्न घर फर्किन्छन् । यसै क्रममा नेपालका दुईठुला कम्युनिष्ट पार्टीहरुको एकतासँगै नेपालमा आएको स्थिर सरकार तथा आगामी दिनहरुमा राजनीतिक स्थिरतासँगै देशले विकास छलाङ मारोस भन्ने खुशी हलेसी तुवाचुङका जनताहरु समक्ष आदान प्रदान गर्न नेपाल कम्युनिष्ट पार्टी हलेसी तुवाचुङ नगसमितिको आयोजनामा शुभकामना खादानप्रदान कार्यक्रम राखिएको छ ।

संगितको उर्वरभूमी खोटाङ जिल्लाका कलाकारहरुले संगित क्षेत्रमा नेपालमा एकछत्र राजगरिरहेको अवस्थामा राजनीतिक परिबर्तन र स्थितरतासँगै खोटाङे युवा नेताहरुले छलाङ मार्ने संकेत आइसकेको हुनाले उक्त शुभकामना कार्यक्रमसँगै देशको राजनीतिक नेतृत्व खोटाङले गर्ने तागत हलेसी, होलैसुङले दिनेछ । उक्त कार्यक्रम २०७५ आश्विन २७ गते विहान ठिक १० बजे उद्घाटन कार्यक्रम राखिएको छ । कार्यक्रम स्थान नगरपालीकाको केन्द्र दुर्छिम वडा नं.५ छापडाँडामा राखिएको छ । उक्त कार्यक्रमको लागी निम्न अनुसार आयोजक समिति तथा व्यवस्थापन समितिलाई जिम्मेवारी दिइएको छ ।

१. प्रमुख अतिथि तथा अतिथिहरु व्यवस्थापन संयोजकः क. सुरेन्द्र कुमार राई
२. आर्थिक व्यवस्थापन संयोजक क. जीवन कुमार राई (संगिन)
३. प्रचार प्रसार व्यवस्थापन संयोजक क. अकिल राई
४. मन्च व्यवस्थापन संयोजक क. इबराम राई (सन्देश)
५. माइक व्यवस्थापन संयोजक क. प्रदिप कुमार राई (माइला)
६. खाद्य्य व्यवस्थापन संयोजक क. समर बहादुर भुजेल
समग्र व्यवस्थापन तथा निर्देशन क. खडेन्द्र कुमार राईलाई जिम्मेवारी दिइएको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा हलेसी तुवाचुङ निवासी सबैमा तथा पाहुनाहरु सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं । आयोजक समिति–प्रचार प्रसार समिति ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्