Logo

रोहित र सन्दीपको अर्धशतक, नेपालद्वारा युएई पराजित


काठमाडौं । बंगलादेशमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो जित दर्ता गरेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार युनाइटेड अरब इमिरेट्स (युएई) लाई ३ विकेटले हराएर पहिलो जित हासिल गरेको हो । क्रिरा शिख मैदानमा युएईले दिएको २६९ रनको लक्ष्य नेपालले ४९ ओभर १ बलमा मात्र ७ विकेट गुमाएर पुरा गर्यो ।

एसिया कपको समूह चरणबाटै बाहिरिसकेको नेपालका लागि रोहित कुमार पौडेल र सन्दीप जोराले अर्धशतकीय इनिङस खेले । युएईविरुद्ध उच्च प्रदर्शन गरेका रोहितले ८९ रन जोडे । राष्ट्रिय टोलीका सदस्य रहिसकेका उनले ८७ बलमा ६ चौका ३ छक्का प्रहार गरे । सन्दीपले ७४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६८ रनको योगदान दिए । यस्तै कप्तान आसिफ शेखले ३५ रङ जोड्दा राशिद खान २७ रनमा अविजित रहे । युएईका आर्यन लक्रा र आरोन बेन्जामिनले २२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६८ रन जोड्दै नेपाललाई फराकिलो लक्ष्य दिएको हो । युएईका लागि कप्तान फाहद नवाजले ८३ रन जोड्दा अंश टन्डनले ६७ रनको अर्धशतकीय पारी खेले । दुवैले पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए । नेपालका नन्दन यादव, राशिद खान र पवन सर्राफले समान २२ विकेट लिए । यो जितसंगै समूह ‘ए’ को नेपालले ३ खेलबाट २ अंक जोडेर प्रतियोगिता सकाएको छ । तर, नेपाल अघिल्ला दुई खेलमा लगातार हार बेहोरेर प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपाल पहिलो खेलमा भारतसंग १ सय ७१ रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल अफगानिस्तानसंग ३ विकेटले पराजित भएको थियो । युएई अंक बिहिन भएर घर फर्किएको छ । यस समूहबाट भारत समूह विजेता र अफगानिस्तान उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्