Logo

धर्मकाे सन्दर्भमा हिन्दु र किरात


काठामाण्डौ- हामीलाई हिन्दु भन्ने बित्तिकै धर्म जस्ताे लाग्छ । तर वास्तवमा “हिन्दु” शब्दले धर्म हाेइन, आर्यगण जातिलाई बुझाउने शब्द हाे । अार्यहरू सिन्धु नदीकाे आसपास बसेकाे र त्यहीबाट भारतीय उपमहाद्वीपमा प्रवेश गरेकाे हुँदा त्याे समुदायलाई परसीहरूले “सिन्धु” लाई हिन्दु भनिपठाए किनकि पारसीहरूकाे भाषामा “स” ध्वनी हुँदैन र “स”काे ठाउँमा “ह” उच्चारण गर्दछ । हिन्दु भनेकाे आर्यहरूलाई पारसीले दिएकाे उप-नाम हुन् । अर्थात हिन्दु भनेकाे आर्य जाति हाे । आम रूपमा धर्म भनेकाे आफ्नाे रक्षा र कल्याणकाे लागि परलाैकिक शक्ति माथि अास्था राख्ने र त्यसलाई पुज्ने अभ्यास हाे ।

जुन जातिले जुन धर्म मान्दछन् त्याे धर्मकाे नाम त्याे जातिकाे नामबाट पुकारिन्छ । अर्थात त्याे धर्मलाई मान्ने जातिकाे नामकाे विशेषण दिईन्छ । जस्तै: हिन्दु धर्म । यहाँ हिन्दु(अार्य) हरूले मान्ने धर्मलाई “हिन्दु धर्म” भनिएकाे हाे । “धर्म” नाम हाे भने “हिन्दु” विशेषण हाे । वेद, पुरान तथा ग्रन्थहरूकाे आधारमा बहुईश्वर पुज्ने अभ्यासकाे धर्मलाई हिन्दु धर्म भनियाे किनकि याे प्रकृतिकाे धर्मलाई हिन्दुहरूले मात्र मान्थे । यसलाई जातिकाे विशेषण नदिएर सानतनधर्म पनि भन्ने गरिएका छन् ।

त्यसै गरि “किरात” शब्द आफैमा धर्म हाेइन । याे त समुदायलाई जनाउने जातिवाचक नाम हाे । किरातले मान्ने धर्मलाई किरात धर्म मात्र भनिएकाे हाे । आम रूपमा किरातले माैलिक रूपमा जुन धर्म मान्छन् त्यसलाई किरात धर्म भनिएकाे हाे । मुन्धुमकाे आधारमा प्रकृतिलाई पुज्ने अभ्यसकाे धर्मलाई किरात धर्म भनियाे किनकि याे प्रकारकाे धर्म किरातले माने । अनि याे धर्मकाे विशेषण “किरात” भए ।

क्रमश:….

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्