Logo

गलत रिपोर्ट दिने दुई डाक्टरलाई कारबाही


धनुषा । धनुषामा १२ वर्षीय बालिकामाथि बलात्कार नभएको भन्दै गलत स्वास्थ्य परीक्षणको रिपोेर्ट दिने दुई डाक्टरलाई कारबाही सिफारिस गरिएको छ । जनकपुर अञ्चल अस्पतालमा कार्यरत उनिहरुलाई गत भदौ ८ मा बालिकाको बलात्कार भएको अध्ययनसँगै स्वास्थ्य परीक्षण गराइएको थियो । बलात्कार नगरिएको रिपोर्ट दिएपछि बालिकाको पुन N: सिराहामा स्वास्थ्य परीक्षण गराइएको थियो । तर सिराहा अस्पतालले

बालिकामाथि बलात्कार भएको रिपोर्ट दियो । यसपछि स्वास्थ्य परिक्षणमा संलग्न जनकपुर अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा गोइतलाई कारबाही गर्न सिफारिस गरिएको हो । ।
महान्यायाधिवक्ताको अध्यक्षतमा रहेको समन्वय समितिले उनीहरुलाई कारबाही गर्न मेडिकल काउन्सिललाई सिफारिस गरेको गरेको जनाइएको छ ।

समन्वय समितिले जनकपुर अञ्चल अस्पतालका डाक्टर सिंह र गोइतले गम्भीर लापरबाही गर्दै अनुसन्धानको काम प्रभावित बनाएको ठहर गरेको छ। महान्यायाधिवक्ता अग्नि खरेलको अध्यक्षतामा गठित समितिको सोमबार बसेको बैठकले गलत रिपोर्ट दिने दिने डाक्टरलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

 


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्