Logo

किरात जाती नभएर सभ्यता-भीम आचार्य


बिराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता १ नम्बर प्रदेश ईन्चार्ज प्रदेश सभा सदस्य माननीय भीम आचार्यले पार्टी संसदीय दलको बैठकमा किरात कुनै जाती नभएर सभ्यता भएको यथार्थ प्रस्तुत गर्दै प्रदेशको नाम किरात राख्न विचार रखेको छन । उनले थप्दै ‘किरात कुनै एउटा जाती होइन । ईतिहास, सभ्यता र भूगोल हो’ भनेको छन ।

प्रदेश १ को राजधानी टुंगो लगाउन नेकपा संसदीय दलकाे बैठक

प्रदेश नम्बर १ को नाम र राजधानीबारे टुंगो लगाउन औपचारिक रुपमा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठक सुरु भएको छ । विराटनगरस्थित फन एण्ड फुड भिलेक रिसोर्टमा नेकपा १ नम्बर प्रदेशकोे संसदीय दलको बैठक आइतबारदेखी सुरु भएको हो ।
बैठकमा मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राईले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने विषयलाई छलफल प्रराम्भ गरे । यस्तै बैठकमा नेकपाका प्रदेश इन्चार्ज भीम आचार्यले पनि सांसदहरुलाई आ–आफ्ना राय सुझाव गम्भिरतापूर्वक राख्न आग्रह गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
दलको बैठकमा अध्यक्षता गर्दै मुख्यमन्त्री राईले एजेण्डा राखेका थिए । मुख्यमन्त्री राईले एजेन्डा राखेपछि दुई जना सांसदहरुले आफनो बिचार राखेपछि पहिलो दिनको बैठक दुइ घण्टा चलेको थियो । मुख्यमन्त्री राईले बैठकमा एजेण्डा राखेपछि उदयपुरकी सांसद सुनिता चौधरी र इलामका सांसद राम रानामगरले आफ्ना कुरा राखेपछि बैठक सोमबार बिहान आठ बजेसम्मका लागि स्थगित भएको मन्त्री कार्कीले जानकारी दिए ।
बैठकमा मुख्यमन्त्री राईले प्रदेशको नाम र राजधानी यही हुनुपर्छ भन्ने ठोस धारणा भने नराखेको बताइएको छ । सांसद चौधरी र रानामगरले भने राजधानी विराटनगर, इटहरी र धरानलाई समेटेर बनाउनु पर्नेमा जोड दिएका थिए भने नामको विषयमा सगरमाथा या कोशी किरात राख्नुपर्ने बताएका थिए । दुई दिनसम्म संचालन हुने भनिएको बैठकले प्रदेशको स्थायी राजधानीको टुंगो लगाउने तयारी गरेको भएपनि सबै सांसदको धारणा बुझ्नुपर्ने हुँदा लम्बिन सक्ने बताइएको छ । उक्त बैठक सोमबार नसकिए असोज १८ गते पुन बस्ने र नाम र राजधानीको विषय टुंगो लगाउने भएको छ । दलको बैठकमा संसदीय समितिहरुको सभापति चयन गर्ने र मन्त्रिमण्डल विस्तार गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । १ नम्बर प्रदेशमा नेकपाको दुई तिहाई मत रहेको छ । प्रदेशसभामा रहेको दुईतिहाई मतले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने संवैधानिक प्रावधान छ । नेकपाको संसदीय दलको बैठकले प्रदेशको नाम र राजधानीको विषयमा गर्ने निर्णय नै अन्तिम हुनेछ । त्यही कारण पनि नेकपाको बसिरहेको दलको बैठकलाई सबैले महत्वका साथ हेरिरहेका छन् । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण पछि बनेको नेकपाको संसदीय दलको बैठक पहिलो पटक बसेको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्