Logo

दशैंका मुखमा घरटहरामाथि डोजर


बनेपा । अरनिको राजमार्ग अन्तर्गत पर्ने काभ्रेको साँगा–बनेपा सडकखण्ड मिचेर बनाइएका सयौँ घरटहरा भत्काइएको छ । राजमार्गको दायाबाया मापदण्ड मिचेर घरटहरा बनाइएपछि डिभिजन सडक कार्यलय भक्तपुरले उक्त  घरटहरा भत्काएको हो । तर स्थानीय विरोधमा उत्रिएपछि करिब एक घण्टा प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ ।

प्रहरीले भने भिडलाई नियन्त्रणमा लिएर भत्काइरहेको छ । डिभिजन कार्यलयले गत भदौ २८ मा घरटहरा हटाउन पन्ध्र दिने सूचना जारी गरेपनि स्थानीयले आलटाल गरिरहेका थिए । जब घरटहरामा डोजर लगाइयो तब उनीहरुले दशैसम्म नहटाउन माग गर्दै अवरोध गरेका थिए ।

यसरी सागादेखि बनेपासम्म मापदण्ड विपरित बनाइएका एक सय ५६ घरटहरा भत्काइसकिएको छ । भने यसअघि पनि बिपी राजमार्गस्थित धुलिखेलदेखि नेपालथोकसम्म सडक मिँचेर बनाइएका घरटहरा  भत्काइएको थियो ।

 


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्