Logo

बंगबन्धु गोल्डकपमा ताजकिस्तानविरुद्ध भोलि मैदान उत्रदै नेपाल


काठमाडौं । पाँचौ संस्करणको बंगबन्धु गोल्डकप सोमबारबाट बंगलादेशमा सुरु हुँदैछ । र, साविकको विजेता नेपालले मंगलबार बलियो टिम ताजकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै पाँचौ संस्करणको सुरुवात गर्दैछ । नेपाल र ताजकिस्तान बीचको खेल शिलेटस्थित जिल्ला फुटबल संघको मैदानमा नेपाली समय अनुसार बेलुकी ६:१५ मा सुरु हुनेछ ।
ताजकिस्तानविरुद्ध मैदान उत्रदा साविकको विजेता नेपाल आफ्नो साख जोगाउने लक्ष्यमा हुनेछ । फिफा वरीयतामा निकै माथि रहेको ताजिकिस्तानविरुद्ध नेपाललाई जित निकाल्न चुनौती भनेछ । फिफा वरीयतामा नेपाल १६० औं स्थानमा छ भने ताजकिस्तान १२० औं स्थानमा रहेको छ । नेपालले ताजकिस्तानविरुद्ध गत वर्ष एएफसी एसियन कप छनोटमा प्रतिस्पर्धा गरेका थिए । तर, दुवै खेलमा नेपाल पराजित भएको थियो । नेपालले घरेलु मैदानमा भएको पहिलो खेलमा २ – १ हार बेहोरेको थियो । यस्तै दोस्रो खेलमा नेपालले उसैको मैदानमा ३ – ० ले खेल गुमाएको थियो ।
बंगलादेशमा आयोजना हुने बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा नेपाल साविकको विजेता हो । नेपालले गत वर्ष बहराइनलाई ३ – ० ले हराएर उपाधि जितेको थियो ।यस्तै ताजकिस्तानविरुद्ध मैदान उत्रदा नेपाललाई दुई खेलाडीको अभाव खड्कने छ । गत महिना साफ च्याम्पियनसिप खेल्दाका दुई खेलाडी टोलीमा छैनन् । पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द नेपाली टोलीमा रहेका छैनन् । किरणको स्थानमा विशाल श्रेष्ठ र रोहितको स्थानमा तेज तामाङलाई टिममा बोलाइएको छ । समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेलमा अर्को बलियो टिम प्यालेस्टाइनसंग खेल्नेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्