Logo

बगबन्धु कपका लागि फुटबल टोली बंगालादेशमा


काठमाडौं । नेपालको फुटबल टोली बंगबन्धु गोल्ड कपका लागि बंगालादेश पुगेको छ । साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित नेपाललाई यो उपाधि हात पार्न भने त्यति सजिलो छैन । साफ च्याम्पियनसिपमा कमजोर डिफेन्स रहेको नेपालले वगवन्धुको उपाधि जित्न बलियो डिफेन्स गर्ने रणनीतिमा रहेको छ ।

नेपालको पहिलो खेल मंगलबार हुनेछ । त्यहाँको स्थानीय समयअनुसार बेलुकी साढे ६ बजे ताजिकिस्तानसँग नेपाल भिड्ने छ । तर यसअघि पनि नेपालले एसियन कप छनोटमा ताजिकिस्तानसँग पराजित भएकाले खेल बलियो हुनु जरुरी देखिन्छ । एसियन कपको पहिलो लेगमा ३-० गोलले पराजित भएको नेपाल दोस्रो लेगमा २-१ ले पराजित भएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्