कर्मचारीलाई दसैं भत्ता साढे ६ अर्ब
सरकारी कर्मचारीका लागि साढे ५ अर्व दशैं भत्ता निकासा गरिएको छ । घटस्थापनाका दिन वितरण गरिने यो भत्ता प्रत्येक कर्मचारीले आफ्नो तलब समानकै रकम पाउनेछन् । यो रकम चाडपर्व खर्च शिर्षकमा अर्थ मन्त्रालयले निकास गनेछ ।
सार्वजनिक पद धारण गरेका निजामती, सरकारी, शिक्षक र सुरक्षा निकायका कर्मचारीका लागि चाडपर्व खर्च अन्तर्गत ६ अर्ब ४७ करोड रुपैयाँ गरिने भएको हो । यसरी नियमित तलब र दशैं भत्ता जोड्दा कर्मचारीलाई दशैमा जम्मा खर्च १३ अर्ब रुपैयाँ लाग्ने जनाइएको छ ।
सरकारले बार्षिक ८४ अर्ब १० करोड ५३ लाख रुपैयाँ कर्मचारी तलब छुट्याउँदै आएको छ । भने सरकारले सरकारी कर्मचारीका लागि पारि श्रमिक तथा भत्तासहित कुल एक खर्ब १७ अर्ब ३३ करोड चार लाख रुपैयाँ बजेटमा विनियोजन गरिसकेको छ।