ऐसेलुर्खक गाउपालिकाका वडा अध्यक्षमाथि घुस खाएको आरोप !
खोटाङ्। खोटाङ्ग जिल्ला ऐसेलुखर्क गाउपालिका वडा नम्बर दुई बाकाचोलका वडा अध्यक्ष शन्त वीर तामाङमाथि भ्रष्टाचारको गम्भीर आरोप लागेको छ । अध्यक्ष श्री सन्त वीर तामाङ्माथि रु एक लाख भ्रष्ट्रचार तथा अनियमित्त भएकाे अाराेप लागेकाे हाे । सामाजिक संजाल फेसबुक मार्फत बाकाचोल सम्पर्क मंच नाम गरेको फेसबुक आइडीमा स्टाटस लेखी यस्तो आरोप लगाएको हो । स्थानियबासीहरुले भर्खरै थालेको अनुगमनमा बिभिन्न शिर्षकमा लाखौंको भ्रष्ट्रचार तथा अनियमित्त भएको तथ्यान्क बाहिर आउन थालेको आरोप लगाएक छन् ।
उत्त स्टाटसमा लेखिएको छ :-भ्रष्ट्रचार र अनियमित्तको चपेटामा बाकाचोल : १३ असोज २०७५, प्रदेश नम्बर १, खोटाङ्ग जिल्ला, ऐसेलुखर्क गाउपालिका वडा नम्बर २- बाकाचोल अहिले चरम भ्रष्ट्रचार र अनियमित्तको चपेटामा परेको छ । स्थानियबासीहरुले भर्खरै थालेको अनुगमनमा बिभिन्न शिर्षकमा लाखौंको भ्रष्ट्रचार तथा अनियमित्त भएको तथ्यान्क बाहिर आउन थालेको छ । साबिकको बाकाचोल -९ स्थित श्री बौद्ध प्राथमिक बिद्यालय, माने डाँडामा अस्थाइ शिक्षक दरबन्दी शिर्षकमा रु ३३४,४८९ (अक्षरेपी रु तीन लाख चौतिस हजार चार सय उनन्नब्बे) सोही बिद्यालयका प्राध्यापक श्री ईन्द्र कुमार तामाङ्ग ले भ्रष्ट्रचारगरी सो कुरालाई ढाक्छोप गर्न गराउनका लागि सोही वडाका वडा अध्यक्ष श्री सन्त बीर तामाङ्ग् लाई रु १००,००० (अक्षेरेपी रु एक लाख) घुस दिएको स्थानिय जानताको सामु स्वीकार गरेको स्थानियहरुले बताएका छन् ।
सरकारले बारम्बार जनप्रतिनिधिले ठेक्का पट्टाको काम गर्न नपाउने भनीरहदा पनि सो ब्यवस्थालाई बेवास्ता गर्दै ऐसेलुखर्क गाउपालिका वडा नम्बर २, बाकाचोलका वडा अध्यक्ष श्री सन्त बीर तामाङ्ग् ले भने आफु खुशी मनोमानी ढंगले सडक निर्माण देखी बिभिन्न योजनाहरु आँफैले ठेक्का पट्टा गरी माप्दन्ड र तोकिए बमोजिम काम नगरेकोले यस्तो कार्यबाट अत्याधिक भ्रष्ट्रचार भएको भन्दै स्थानियहरुको ठुलो गुनासो रहेको बाताएका छन । वडा अध्यक्ष श्री सन्त वीर तामाङ्ग् बिरुद्द बिभिन्न शिर्षकमा चरम अनियमित्त तथा भ्रष्ट्रचार भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा उजुरी परेपछी हाल छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धानबाट पत्रचार समेत भएको जानकारी गराएको छ । गरीब जनताबाट उठाएको करलाई यसरी दुरुपयोग गर्छ भने कसरी होला गाउ गाउमा सिंह दरबार ? ?जिम्मेवारी को रुरु छान बिन कस्ले गर्ने ? ?
यता ऐसेलुखर्क गाउपालिकाको अध्यक्ष शन्त बीर तामाङले भने उक्त भ्रष्टाचारको आरोप झुठो रहेको दाबी गरेका छन् । अध्यक्ष तामाङले रु एक लाख रकम कुनैपनि घुस नभई विद्यालयबाट आफुले लिनुपर्ने रकम लिएको पुष्टी गरेका छन् । श्री बौद्ध आधारभुत विद्यालयको प्रअ ईन्द्र बहादुर तामाङको जिम्मामा रहेको रु एक लाख पैतिस हजार आठ सय नब्बे दिनु पर्नेमा मिति २०७४ ०५ १८ गते नगद रु एक लाख रकम दिएको हाे। अध्यक्षले सोही रकमलाई घुस खुवाएको आरोप झुठो भएको दाबी गरेका छन्।
अध्यक्ष तामाङ अझै विद्ययालयले पैतिस हजार आठ सय नब्बे रुपैया दिन बाकी रहेको बताउछन् । फेसबुकमा यस्तो स्टाटस आएपछी बौद्ध आधारभुत विद्यालयमा एेसेलुखर्क गाउँपालिका वडा नम्बर २ काे तत्काल बैठक बसेको थियो । बैठकमा अध्यक्ष शन्तबिर तामाङ नभएपछि कार्यबाहक अध्यक्ष शिब बहादुर पुरीको अध्यक्षतामा बसेको थियो । उत्त बैठकमा ईलाका प्रहरी कार्यलय एेसेलुखर्ककाे पनि उपस्थिति रहेको थियो ।
यसै विद्यालयको प्र.अ. इन्द्रबहादुर तामाङले सन्तबिर तामाङलाई लगाएको लालछाना सत्य नभैइ झुठो भएको हुँदा यस्तो झुठो खबर फैलाउने सामाजिक संजालका प्रयोगकर्ता जो सुकै भएनी कडा भन्दा कडा कारवाहि गर्न गाउपालिकाले माग गरेको छ । बौद्ध आधारभुत विद्यालयलाइ दु:ख पर्दा आफुले हेरेको र अहिले सोहि सहयोग गरेको रकम आफुले फिर्ता लिदा यस्तो चरीत्रमा आच आउने किसिमको आरोप आउदा अध्यक्ष तामाङले दु:ख व्यत्त गरेका छन । अध्यक्ष तामाङले आफ्नो गाउँको विद्यालयलाई सधै सहयोग गर्ने आफ्नो मन भएको बताए । बिगत दुई बर्ष अगाडि विद्यालय भवन निर्माण गर्दा आफुले सहयोग गरेको र सोहि रकम फिर्ता लिदा यस्तो गम्भीर आरोप लगाउने प्रती अध्यक्ष तामाङको घोर आपत्ति छ । के निर्णय भयो बैठकमा ?




