ए डिभिजन लिगमा संकटासंग सरस्वती स्तब्ध
काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सिएमजी संकटाले सरस्वती युथ क्लबलाई पराजित गरेको छ ।
आईतबार भएको लिगको पहिलो चरणको दोस्रो खेलमा संकटाले सरस्वतीलाई १–० ले हराएको हो । खेलको अन्तिम मिनेटमा गोल गर्दै संकटाले लिगमा महत्वपुर्ण ३ अंक जोड्न सफल भयो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा थपिएको अतिरित्त समयमा गोल गर्दै संकटाले महत्वपुर्ण ३ अंक हात पा¥यो । संकटाकालागि लक्ष्मण रुचालले विजयी गाेल गरे । लिगकाे पहिलाे खेलमा शनिबार अार्मी र एनअारटीले २\२ गाेलकाे बराबरी खेलेका थिए । लिग तालिकामा तीन अक जाेड्दै संकटा शीर्ष स्थानमा उक्लिएकाे छ ।